कटहरिया,२६ सार ।
नेकपा प्रदेश २ का अध्यक्ष तथा पुर्व मन्त्री प्रभु साहले जनताले राजालाई हटाएको भएपनि पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधिले आफुलाई राजाकै दर्जामा राख्न थालेको बताएका छन् ।
बुधबार कटहरिया नगरपालिको तेस्रो नगरसभामा प्रमुख अतिथिका रुपमा बोल्दै साहले जनप्रतिनिधिले आफुलाई नसुधारे सम्म देशमा गणतन्त्र संस्थागत नहुने दावी गरेका छन् ।
देशबाट जनताले आन्दोलनको बलमा राजा हटाएपनि पछिल्लो समय गांउ गांउमा छोटे राजाको झल्को दिने गरेर जनप्रतिनिधिले काम गरेको दावी गरेका छन् । स्थानीय तहको विकासले फडको नमारे सम्म देश सम्बृद्धी तर्फ नलम्कने समेत उनको भनाइ थियो ।
स्थानीय तहका जनप्रतिनिधिमा बढदो भागबण्डाको खेलका कारण जनता निरास रहेको बताउदै स्थानीय तह सम्बृद्ध नभए सम्म देश सम्बृद्ध हुन नसक्ने ठोकुवा समेत गरेका छन् । उनले देशबाट राजानै हटिसकेको अवस्थामा जनताद्धारा निर्वाचित जनप्रतिनिधिलाई छोटे राजा नबन्न समेत चेतावनी दिएका थिय । जनताको विश्वास जनप्रतिनिधिले लिन नसकेको बताउदै उनले जनप्रतिनिधिले जव सम्म जनताको विश्वास कायम गर्न सक्दैनन् तव सम्म स्थानीय तहमा समृद्धी नआउने साहको भनाई रहेको थियो ।
जव उपमेयरले भागबण्डाको कुरा गरिन
कटहरिया नगरपालिको नगरसभामा रौतहट क्षेत्रनं ३ का सांसद समेत रहेका प्रभु साहले आफ्नो मन्तव्य राखी सकेपछि उप मेयर नुरजाहां खातुनले आफुलाई मेयरले विकासको गतिबिधिमा सामेल नगरेको गुनासो गरिन ।
खातुनले मेयरले एकलौटी रुपमा नगरसभा गरेको विकासको योजना आफ्नो भागमा नपरेको भन्दै नगरसभा बहिस्कार गरेको घोषण गरेर मञ्चबाट हिडिन् । सो नगरसभामा आफ्नो कुनै औचित्य समेत नरहेको भन्दै उनले मञ्च छाडेकी थिईन ।
उप मेयरले ४ करोड मागिन
उपमेयरले मञ्च छाडेर दलबल सहित हिडेपछि मेयर शियाराम कुस्वाहले उप मेयरलाई मञ्चमा बस्न आग्रह गर्दै भने मैले त विकास गर्न चाहेको थिय तपाईले ४ करोडको योजना माग्नु भयो ।
उनले मञ्चबाट भने मैले पटक पटक बैठकमा बोलाउनदा समेत तपाई आउनु भएन् । नगरपालिकाबाट उप मेयर बिभिन्न शिर्शकमा रकम निकाशा गरेर लगेको तर यस पटक उनले ४ करोडको योजना माग्दा नदिएका कारण नगरसभा बहिस्कार गरेको बताएका थिय । सो नगरपालिकामा एकै पर्टीका मेयर उप मेयर निर्वाचित भएपनि पछिल्लो समय दुबै बिच बिभिन्न कुरामा मतभेद रहंदै आएको छ । उप मेयर बाहेक सबै कार्यपालिका सदस्यको उपस्थितीमा नगरसभा सम्पन्न भएको मेयर कुस्वाहले बताए ।
कटहरियाको बजेट ४९ करोड
ढिला गरी उदघाटन सत्र सुरु भएको कटहरिया नगरपालिकाले आउदो आर्थिक बर्षका लागि ४९ करोड ३७ लाख ३२ हजारको बजेट बिनियोजन गरेको छ । सो नगरसभाबाट नगरपालिका भित्र दिउसो बिवाह गर्ने जोडीलाई पुरस्कारको समेत व्यावस्था गरेको नगर प्रमुख कुश्वाहले प्रस्तुत गरेको बजेट बक्तब्यमा उल्लेख रहेको छ ।
तराई मधेसका जिल्लामा रातीको समयमा बिवाह गर्दा बिभिन्न झै झगडा तथा दाईजोको बिषयमा विबाद हुने भएका कारण दिउसोको बिवाह गर्ने जोडीलाई नगरपालिकाले पुरस्कारको व्यावस्था गरेको हो । सो नगरपालिकाले किसानसंग मेयर कार्यक्रम र एक वडा एक कृषि उत्पादनको अवधारणा समेत ल्याएको मेयर शियाराम कुश्वाहले जानकारी दिए ।