चन्द्रपुर,२६ असार । डेंगु रोग नियन्त्रणको लागि चन्द्रपुर नगरपालिकाको स्वास्थ्य शाखाले थालेको अभियानले स्थानीयमा जागरण पैदा गरेको छ ।
चन्द्रपुर नगरपालिकाको स्वास्थ्य शाखाले ३४ जना स्वयमसेबिका, समाजसेबी, संचारकर्मी सहितको टोलि लाई गत १८ गते लामखुट्टेको बासस्थानखोजी गरी लार्भा नष्ट गर्ने जानकारी गराएपछि अहिले यो अभियान स्थानीयमा पुगेको छ । स्वयमसेबिका महिलाहरु भने प्रत्येक नागरिकको घरमा पुगेर यस्को जानकारी दिनुका साथै टायर प्लास्टिक, कन्टेनर, ड्रममा जमेका पानी फालेर लार्भा नष्ट गर्दै आएका छन ।
डेंगु रोग फैलाउने एडिस एजेप्टाई नामको लामखुट्टेले फोहर पानीमा बस्न मन नपराउने र टायर, प्लास्टिक, कन्टेनर, ड्रम लगायतका भाँडामा जमेका सफा पानीमा बासस्थान बनाउने र सोही स्थानमा फुल पार्ने भएकाले सो सामग्रीमा रहेका पानी फयाक्ने अभियान समेत रहेको छ । फुल प्युपा र लार्भाकोरुपमा विकसित भई लामखुट्टेको रुप धारण गर्ने भएकाले प्युपा र लार्भा नष्ट गर्दा लामखुट्टेको संख्यानै कम हुने भएकोले डेंगु रोगको संक्रमण नियन्त्रण हुदै जाने बिश्वास गरिएको छ । यो अभियानले स्थानीयमा चेतनाजागृत गराएको छ ।