अशोक पहाडी
रौतहट,२९ असार । वर्षा र बाढीका कारण रौतहटमा दुइजनाको मृत्यु भएको छ,भने एक जना बेपत्ता भएका छन् । जिल्लाको गौर नगरपालिका ३ टिकुलिया बस्ने शिव मंगल राउत पटेल र ईशनाथ नगरपालिका वडान १ बन्जरहा बस्ने वर्ष ३५ का हरेन्द्र राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविन कार्कीले जानकारी दिए ।
यस्तै बाढीका कारण दुर्गा भगवती गाउपालिका ४ बस्ने वर्ष अन्दाजी ४० का विरेन्द्र मिश्र बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आकाशे पानी र बाढीका कारण पछिल्लो केही दिन यता जिल्लामा सपदंशका बिमारीकाृ संख्या समेत बढदै जान थालेको प्रहरीले बताएको छ ।
शनिबार मात्र चन्द्रनिगाहपुर अस्पतालमा सर्पको टोकाईबाट विरामी परी १५ जना उपचर भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
अव थप विरामी आएको खण्डमा औषधीको अभाव हुुुने चन्द्रनिगाहपुर अस्पतालले जनाएको छ । पानी र बाढीका कारण अस्पतालमा सर्पदंशको औषधी ल्याउन समस्या भएको हो ।