गौर,२९ असार । जिल्ला सदरमुकाम गौरको पानीको सतह घटदै जान थालेको छ । पानीको सतह बिस्तारै घटदै जान थालेपछि स्थानीयले केही सहज महसुस गरेको गौराबाट संचारकर्मी गौतम श्रेष्ठले जानकारी दिएका छन् ।
अहिले सदरमुकाम गौरमा पानी करिव दुई फिट रहेको र अन्य स्थानको तुलनामा भन्सार एरियामा पानी बढी रहेको स्थानीयले जानकारी दिएका छन् । बाढीबाट पिडितहरुले तत्काल राहत बस्ने बास स्थानको माग गरेका छन् ।