गौर,९ साउन । बकैयाको पानी करुनियाको बाधबाट गौर छिरेपछि स्थानीय त्रसित हुन थालेका छन् । चन्द्रनिगाहपुर गौर रोडको सबगढा लच्काबाट गौर नगरपालिकामा पानी पस्न थालेको पत्रकार प्रभात झाले तराई एक्सप्रेसलाइ जानकारी दिए ।
पहिलेको तुलनामा नभएपनि गौरमा पुन पानी भरिने स्थानीयको भनाइ रहेको छ । सो लच्कामा साना सवारी साधानको आवगमन बन्द भएको छ ।