सर्लाही,९ साउन । रौतहट र बाराको सिमामा रहेको धन्सार खोला देखी महोत्तरीको बर्दिबास सम्मको पुर्ब पश्चिम महेन्द्र राजमार्गमा बनेका खाल्डाका कारण सवारी साधानलाइ आवत जावतमा समसया भएको छ ।
राजमार्गका बिभिन्न स्थानमा रहेका खाल्डाका कारण सवारी दुर्घटनामा समेत बढदै जान थालेको छ । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको चरम लापारवाहीका कारण देशकै सबै भन्दा ठुला राजमार्गको अवस्था नाजुक बनेको सवारी चालकहरुको भनाइ रहेको छ ।