काठमाडौं,९ साउन । सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मधेसका प्रभावशाली नेता,पुर्ब मन्त्री एवम सांसद प्रभु शाहले आफूहरुले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल नभएकोप्रति आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसद शाहले प्रतिपक्ष दल काग्रेसको हठका कारण पीडाको अवस्थामा पनि सत्ता पक्ष र प्रतिपक्ष भनेर बाँडिनुपरेको बताएका हुन् ।
उनले भने,अविरल वर्षाका कारण देश अस्तव्यस्त छ । पुरै तराई–मधेश ठप्प छ, जलमग्न छ । झन्डै सयको हाराहारीमा नेपाली जनतको मृत्यु भएको छ । सयौ जति घाइते छन् । दर्जनौ बेपत्ता छन् । हजारौ घरबारविहीन छन् । आवतजावत ठप्प छ । यस्तो पीडादायी र विपत्तीको घडिमा हामीले यो संसदभित्र जरुरी महत्वको प्रस्ताव दर्ता गरौ । म सोध्न चाहन्छु हाम्रो प्रस्तावमाथि किन छलफल भएन ? सांसद शाहको प्रस्तावमा काग्रेस सांसद अमरेशकुमार सिंह, समाजवादी पार्टीका सांसद उमाशंकर अरगरियाले समर्थन जनाएका थिए ।