गौर,१२ साउन । नेकपा प्रदेश २ का अध्यक्ष ,पुर्व मन्त्री तथा सांसद प्रभु साहले प्रदेश २ का मुख्य मन्त्रीले आफ्ना मान्छे लगाएर रौतहटमा मनोमानी रुपमा राहत बितरण गरेको आरोप लगाएका छन् ।
राज्यका निर्देशन, सिद्धान्त निति र दायित्वको ,अनुगमन मुल्याङकन तथा कार्यन्वयन समितिद्धारा शनिबार रौतहटको बिभिन्न स्थानको अनुगमनमा सहभागि अधिकांस सांसदहरुले प्रदेश २ का मुख्य मन्त्रीको कार्यशैलिको विरोध गरेका थिय ।
समितिका सभापति निरा देवी जैरु सहितको टोलीमा सहभागि रहेका राजपा नेपालका अध्यक्ष अनिल झाले समेत मुख्य मन्त्री लालबाबु राउतले आफ्ना खेताला लगाएर मनोमानी राहत बांगेकोमा आक्रोस व्यक्त गरेका थिय । अनुगमनका क्रममा संचारकर्मीहरुसंग कुरा गर्दे नेकपा प्रदेश २ का अध्यक्ष साहले भने,जिल्ला प्रशासन कार्यालय संग समन्वय नगरी प्रदेश सरकारले राहत वितरण गरेको छ ,यसको निष्पक्ष छानबिन हुनु प¥यो । रौतहटमा बाढीबाट पिडित बनेकाहरुलाई यतीबेला सुरक्षित आवसको खाचो रहेको बताउदै अध्यक्ष साहले त्यसका लागि केन्द्र सरकारले समेत चासो नदिएको बताए । जिल्लाको चन्द्रनिगाहपुर गौर सडक खण्ड बाहेक अन्य सडक संजाल ध्वस्त भएको र सर्बसाधारणलाई आवत जावतमा कठिनाई भएको साहको भनाई थियो । समितिका सभापति निरा देवी जैरुले हरेक बर्ष तराईमा हुने डुवान र कटान रोक्नका लागि समितिले पहल गर्ने बताउदै ,प्रदेश नं २ सरकारले बाढी पिडितको लागि खासै पहल नगरेको बताईन् । समितिका सदस्य तथा रौतहट क्षेत्रनं ४ का सांसद देव प्रसाद तिमलसिनाले देशमै बाढीका कारण धेरै धनजनको क्षती ब्याहोरेको रौतहटमा स्थानीय तह बाहेक प्रदेश सरकार र केन्द्र सरकारले खासै सहयोग नगरेको गुनासो गरे । मिलसिनाले आफु लगाएत रौतहटका सांसदले नदि कटान र बाढीको समस्या हल गर्नका लागि पटक पटक आवज उठाउदा समेत सरकारले वास्ता नगरेका कारण आज यो अवस्था आएको बताउदै त्यसको सम्पुर्ण जिम्मा सरकारले लिनुपर्नेमा जोड दिएका थिय । २०७६ साउन १२ गतेको तराई एक्सप्रेसमा प्रकाशित समाचार ।