रुपेन्द्र पटेल / गौर,१२ साउन । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले आपुर्ति समिति मार्फत वितरण गरेको काठ आम उपभोक्तले पाउन नसकेको गुनासो गरेका छन् । कर्मचारीको मिलेमतोमा राम्रो राम्रो काठ बोर्डर छेउका चिरान मिलमा पुगेको र त्यहा“बाट सो काठ चिरान गरेर भारत जाने गरेको जानकारहरुले बताएका छन् । चन्द्रनिगाहपुरका सर्बसाधारण र जिल्लाका बिभिन्न स्थानका सर्बसाधारणले काठको माग गरेको भएपनि वन कर्मचारीले नदिएर काठ व्यापारीलाई दिएको गुनासो आएको रौतहट क्षेत्रनं ४ का सांसद देव प्रसाद तिमलसिनाले बताएका छन् । बिगत लामो समय देखी वन कार्यालयले आपुर्ति समिति मार्फत दिने काठ सर्बसाधारणलाई नदिएर व्यापारीलाई दिने क्रम यो पटक समेत दोहोरियको स्थानीयको भनाई रहेको छ । काठ आम सर्बसाधारणले नपाएको बिषयमा सर्बसाधारणले अख्तियारमा मुद्धा दिने तयारी गरेका छन् । २०७६ साउन १२ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।