अशोक पहाडी
रौतहट,१५ साउन । खाल्डोमा जमेको पानीमा डुब्दा रौतहटमा एकै घरका दाजु बहिनीको मृत्यु ज्यान गएको छ ।
चन्द्रपुर नगरपालिका ९ डुमरियामामा इटा उद्योगले बनाएको खाल्डोमा जमेको पानीमा स्थानीय ११ बर्षका अनिश साह र ८ बर्षकी कल्पना साहको मृत्यु भएको हो ।
रौतहटका प्रहरी प्रवक्ता डीएसपी नविन कार्कीका अनुसार उनीहरु दाजुबहिनी हुन् । सर्लाहीको हरिपुर नगरपालिका ४ का सञ्जय साहका छोराछोरीको डुबेर मृत्यु भएको प्रहरीले बताएको छ । ईट्टा उद्योगले बनाएको खाल्डोमा जमेको पानीमा खेल्न गएका दाजु बहिनीको डुबेर मृत्यु भएको हो ।
घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानएको छ । मृतकको शब पोष्टमार्टमको लागि चन्द्रनिगाहपर अस्पतालमा राखिएको छ ।
यसअघि पनि चन्द्रपुर नगरपालिका ६ बेल्डीका ८ बर्षका विराज पहरीको नहरको पानीमा डुबेर मृत्य भएको थियो भने देवाही गोनाही ५ नगरपालिकाको लालबकैया नदी भन्दा उतर पूर्व तिर रहेको बाधको खाल्डोमा जमेको पानीमा नुहाउन पसेकी ८ वर्षिया निरुता कुमारी र पिन्की कुमारीको मृत्यु भएको थियो ।