गौर,२० साउन / जिल्ला प्रहरी कार्यालय रौतहटले तस्करी नियन्त्रण गरेको दावी गरिरहेको भएपनि जिल्लाका बिभिन्न बजारमा भन्सार छली तथा चोरीका समान छ्याप,छ्याप्ती पाईने गरेको छ ।
सिमा भन्दा ४२ किलोमिटर उत्तरी बजार चन्द्रनिगाहपुर सम्म भारतबाट चोरी गरेर र भन्सार छलेर ल्याइएका ईलेक्ट्रोनिक्स समन सहजै पाईने गरेको समाचारस्रोतले बताएको छ ।
पछिल्लो समय चोरीका मोवाईल,ल्याप्टप,लगाएतका महंगा ईलेक्ट्रोनिक्स समान चन्द्रनिगाहपुर बजारमा सहजै पाईने गरेको छ । सम्बन्धीत निकायले समय समयमा बजार अनुगमन नगर्दा र राजश्वले समेत वास्ता नगरेका कारण भन्सार छलिका समानहरु रौतहटका बजारमा मात्र नभएर जिल्ला बाहिर समेत सहजै जाने गरेको व्यापारीहरुको भनाइ रहेको छ ।
जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीले समेत बेला बेलामा तस्करीको लाईन दिने गरेका कारण र अन्य समयमा समेत भन्सार छलीका महंगा लत्ताकपडा र श्रृगारका समानहरु चन्द्रनिगाहपुरका बजार सम्म आउने गरेको एकजना व्यापारीले नाम नबताउने सर्तमा जानकारी दिए ।
चन्द्रनिगाहपुरको बजारमा मोवाईल र ल्याप्टप ,कम्प्युटरका चोरीका पार्टहरु समेत सहजै पाईने गरेको स्रोतको दावी रहेको छ ।
प्रहरीले बेला बेला भन्सार छलीका समान बरामद गरेको देखाउनेभपनि भन्सार छलीका महंगा बस्तुभने बराद गरेर सार्वजनिक गरेको छैन ।