एजेन्सी – कुनै बेला भोजपुरी इन्डष्ट्रिकी सबै भन्दा हट एवं चर्चित जोडी अक्षरा सिंह र पवन सिंह बीच भएको विवाद अब पुलिस थाना पुगेको छ । मुम्बईको मलाडको मालवानी पुलिस स्टेशनमा अक्षरा सिंहले पवन सिंहलाई धम्की दिएको आरोप लगाएकी छिन् । यसअघि भोजपुर फिल्ममा काम गरिसकेकी अभिनेत्री युक्ता मुखीले आफ्ना श्रीमानमाथि गम्भीर आरोप लगाएकी थिइन् । विश्व सुन्दरीसमेत भइसकेकी युक्ता मुखीले आफ्ना श्रीमान प्रिन्स टुलीमाथि विभिन्न गम्भीर आरोप लगाएकी थिइन् । श्रीमानले आफूमाथि अप्राकृतिक यौन सम्बन्ध बनाउने गरेको युक्ताले आरोप लगाएकी थिइन् ।
युक्ता मुखीको श्रीमानस“ग भयो सम्बन्धविच्छेदः
यसका साथै पुलिसले दिएको जानकारी अनुसार अभिनेत्रीले आफ्ना श्रीमानमाथि दाइजो उत्पीडन, कुटपिट र अप्राकृतिक यौन सम्बन्ध स्थापित गर्ने गरेको आरोप लगाएकी थिइन् । उनको अरोपलाई उनका श्रीमानले खण्डन गरेका थिए । अन्ततः यी दुईको सम्बन्धविच्छेद भयो ।
सन् २००० मा युक्ताले विश्व सुन्दरीको उपाधि जितेकी थिइन् । त्यसको एक वर्षपछि उनले एक तमिल फिल्म पूवेलम उन वसमबाट डेब्यू गरेकी थिइन् । त्यसपछि सन् २००२ मा उनले प्यासा नामको हिन्दी फिल्ममा काम गरिन् । उनले कब–कहबा तू आइलव यू मा पनि काम गरिन् ।
मिस इन्डियाको उपाधि पनि जितिसकेकी छिनः
युक्ताले मिस वर्ल्डको उपाधि जित्नुअघि फेमिना मिस इन्डियाको उपाधि पनि आफ्नो नाममा गरेकी थिइन् । यसबाहेक उनले इन्डियन फिल्म अवार्डलाई पनि होस्ट गरिसकेकी छिन् ।