गौर,५ भदौ / भारतबाट अबैध रुपमा नेपाल भित्रायाइएको कुखुराको चल्ला जिल्ला प्रहरी कार्यालय रौतहटले बरामद गरेर नष्ट गरेको छ ।
रौतहट प्रहरीले कुखुराको चल्ला सहित दुई जना भारतिय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गौर तथा प्रहरी चौकी मोतिपुरको गस्ति टोलीले उनीहरुलाई पक्राउ गरेको थियोे । पक्राउ पर्नेमा मोतिहारी जिल्ला घोडासहन बस्ने ३० बर्षिय उमेश राय यादव र २५ बर्षिय मुकेश राय यादव रहेको प्रहरीले जनाएको छ ।
भारतबाट नेपाल तर्फ कुखुराको चल्ला भित्राउदै गरेको अवस्थामा परोहका नगरपालिका वडा न ७ स्थित नरकटियाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । करिव १ हजार थान कुखुराको चल्ला प्रहरीले नियन्त्रणमा लिएको हो । करिव ७० हजार मुल्य बराबरको चल्ला नियन्त्रणमा लिएको र खाल्डोमा पुरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
यता जिल्ला प्रहरी कार्यालय रौतहटको सिमा नाकाबाट हुने भन्सार छली अबैध चोरी तस्करी गर्ने कार्यलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत मंगलबार प्रहरी चौकी बंकुलबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला रौतहट बौधीमाई नगरपालिका वडा नं. ७ छोटी बंकुलबाट भारतबाट भन्सार छली चोरी निकासी गरी नेपाल तर्फ ल्याउदै गरेको लत्ताकपडाको बोरा, मल र दैनिक उपभोग्य सामाग्रीहरु ( बिस्कुट, खाने तेल, दालमुठ ) लगायतका सामानहरु बरामद गरेको छ ।
करिव एकलाख ९७ हजार बराबरको समान प्रहरीले बराद गरेको जिल्ला प्रहरी कार्यालय गौरका एसपी भुपेन्द्र खत्रीले जानकारी दिएका छन् ।
बरामद गरिएको समान भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय गौरले जानकारी दिएको छ ।