गौर,५ भदौ / सदरमुकाम गौरमा चल्ने भारतीय टेम्पोले नेपाली व्यवसायी मारमा परेका छन । भन्सार राजस्व नतिरी नेपाली भूमिमा यात्रु ओहोरदोहोर गराउने भारतीय टेम्पुका कारण नेपाली मजदुर थप मारमा परेका हुन ।
स्थानीय प्रशासनले पटकपटक रोक लगाउन खोजे पनि सकेको छैन । गौरमा ५० भन्दा बढी यस्ता टेम्पो सञ्चालित छज । उनीहरू भारतको बैरगनिया बजारबाट यात्रु ओसारपसार गर्छन । यही कारण नेपाली मजदुर मारमा परेका हुन ।
पछिल्लो समय नेपाली टेम्पुले समेत यात्रु बोक्ने गरेका छन् ।
भारतीय सवारीभन्दा महंगोमा नेपाली नम्बरका टेम्पु तथा ई–रिक्सा किनेका यातायात व्यवसायी यात्रु अभावमा दैनिक गुजारा गर्नसमेत अप्ठ्यारोमा परेका छन । सदरमुकाममा निर्वाध चलिरहेका भारतीय टेम्पुलाई कानुनी दायरामा ल्याउन सके दैनिक ३० हजारभन्दा बढी राजस्व उठ्छ ।
भन्सार नियमअनुसार एक भारतीय टेम्पुले नेपाल प्रवेशका लागि ३ सय ३९ रुपैयाँ प्रत्येक दिन भन्सार तिर्नुपर्छन । दैनिक १० पटकसम्म यात्रु र सामान बोकेर बैरगनियाबाट गौर ओहोरदोहर गर्ने टेम्पुलाई कानुनी दायरामा ल्याउन सकिएको छैन । यातायात व्यवस्था ऐन २०४९ बमोजिम विदेशी नम्बरका सवारीले भन्सार राजस्व नतिरी नेपालमा यात्रु ओसार्न पाउनदैनन ।