चन्द्रपुर,५ भदौ / रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा ५ करोडको लागतमा कलात्मकरुपको श्रीकृष्ण मंन्दिरको निर्माणका लागि स्थानीय जितेन्द्र चौधरीले एक लाख ५१ हजार चन्दा दिएका छन् ।
रंगपुर साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष समेत रहेका चौधरी स्थानीय समाजसेवीका रुपमा समेत परिचित रहेका छन । जनस्तर बाट आर्थीक संकलन जुटदै गएको छ । धार्मीक पर्यटकिय गन्तब्य बनाउने उदेश्यका साथ गत साउन ६ गते देखि श्रीमद बितक चर्चा तथा श्रीकृष्ण कथा प्रबचन भारत सिक्कम निबासी अन्तराष्ट्रिय भागबत कथाकार श्रीरोहित महाराज बाट भएको छ । सोही कार्यक्रममा बोल्नु हुदै प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले मंन्दिर निर्माणमा आफुले सक्दो सहयोग गर्ने बताए ।
मंन्दिर निर्माण पश्चात यसक्षेत्रको बिकासले गति लिने भएकाले सबैले हातमा हात मिलाएर अघि बढन जरुरी समेत रहेको तिमलसिनाले बताए ।
मंन्दिर निर्माणको लागि अन्तराष्ट्रिय भागबत कथाकार श्रीरोहित महाराज बाट ५ देखी १० लाख भारतीय रुपैया सहयोग गर्ने बताएका छन् ।