रुपेन्द्र पटेल,३ असोज / बच्चा चारको हल्लाले सबै भन्दा मारमा रौतहटमा मागेर खानेहरु परेका छन् । बच्चा चोरको हल्ला चलेसंगै गांउमा माग्न जानेहरु स्थानीयको सिकार बन्न थालेका छन् । पछिल्लो समय मागेर गुजारा चलाउदै आएकाहरुलाई मागेर खानेको जीवन जिउन गा¥हो हुन थालेको छ । जिल्लामा मग्नेको भेषमा बच्चा चोरी भईरहेको हल्लाले मागेर जिवन जीउदै आएका हरुले स्थानीयको हातबाट कुटाई समेत खाने गरेका छन् । जिल्लाको बृन्दावन नगरपालिका वडा नम्बर १ बलरीमा भिख मग्न आएकी एक महिलालाई स्थानीयले बच्चा चोरको आशंकामा कुटपिट गर्दै प्रहरीमा जिम्मा लगाएका छन् । गाउंघरमा मागेर गुजारा चलाउदै आएकी अन्दाजी एक ६५ वर्षकी महिलालाई स्थानीयले बच्चा चोर भन्दै प्रहरी चौकी बिश्रामपुरमा बुझाएको थिए । ती महिला चन्द्रपुर नगरपालिकाबाट भिक्षा मग्दै बृन्दावनको बलरीमा पुगेका थिईन । बच्चा चोरको आशंकामा स्थानीयले फक्राउ गरेर प्रहरी चौकीमा बुझाईएकी महिला बच्चा चोर नभएर मागेर जिवन चलाउने रहेको पुष्टि भएपछि उनलाई आफ्न्तको जिम्मा लगाएर छाडिएको थियो । बच्चा चोरीको हल्लासंगै मानशिक सन्तुलन ठिक नभएका र मागेर खानेहरुले गांउघरमा कुटाइ खानु परेको छ । छिमेकी मुलुक भारतमा बच्चा चोरको हल्लासंगै युटुव च्यानमा बच्चा चोर सम्बन्धी विभिन्न नाटक हेरेर रौतहटका गाउमा माग्न आउने माथि बच्चा चोरको आशंकामा कुटपिट हुन थालेपछि रौतहट प्रहरीले त्यस्तो हल्लाको पछाडी नलाग्न सर्बसाधारणसंग आग्रह गरेको छ । जिल्लामा बच्चा चोर आएको हल्लाले सर्बसाधारण आतंकीत बनेको बृन्दावन स्थानीय बासिन्दा भिखारी यादवले बताए । बच्चा अपहरण तथा किडनी चोर्न आएको गलत आरोपमा निर्दोष मानिसलाई कुटपिट गर्ने चारजना युवालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले हल्लाको पछाडी लागेर कानुन आफनै हातमा लिएर निर्दोष मानिसलाई कुटपिट गरेको भन्दै केही दिन पहिला ४ जनाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा गरुडा नगरपालिका वडा ८ का रामईश्वर राउत,श्याम पाल,राजपुर नगरपालिका वडा नं ५ का मोहमद सलाउदिन रहेको जिल्ला प्रहरी डिएसपी नविन कार्कीले बताएका छन । पक्राउ चारैजनालाई अवका दिनमा त्यसो नगर्ने चेतावनी सहित छाडिएको रौतहट प्रहरीले बताएको छ । पछिलो एकमहिना देखी रौतहटको ग्रामिण भेगमा बच्चा अपहरण गर्न आयो, किडनी चोर्न गिरोह आयो भन्ने अफवाह फैलाएर समाजिक सदभाव बिगार्नमा केही गिरोह लागीपरेको भन्दै रौतहट प्रहरीले त्यस्ताको पछि नलाग्न आग्रह गरेको छ । पछिल्लो एक महिनामा रौतहट जिल्लामा बच्चा चोरीको बिषयमा ११ वटा कुटपिटको घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ । बच्चा चोरीको घटनामा संलग्न रहेको भन्दै भिडबाट कुटिएकाहरुको बिषयमा अनुसन्धान गर्दा त्यस्तो केही फेला नगरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुर्ख एसपी भुपेन्द्र खत्रीले बताए । यस्ता समस्या समाधानका लागी जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्लका ५० स्थानमा सचेतना कार्यक्रम गरेको एसपी खत्रीले जानकारी दिएका छन् ।