चन्द्रपुर,५ कार्तिक / नेपाल विद्युत प्राधिकरण चन्द्रपुर शाखामा समान्य कामका लागि समेत सर्बसाधारणले घुस दिनुपर्ने बाध्यता रहेको गुनासो बढदै जान थालेको छ । पोल सार्ने देखी बिजुलीको तार तान्ने काममा समेत सो कार्यलयका कर्मचारीले सर्बसाधारणसंग घुस रकम माग्ने गरेको गुनासो बढेको हो । चन्द्रपुर स्थित कार्यालयमा आएका नयां हाकिम रामअयोध्या यादव आफैले सर्बसाधारण संग रकम माग्ने गरेको एकजना सेवाग्राहीले गुनासो गरेका छन् । प्रधिकरणका कर्मचारीको चरम लापारवाहीका चन्द्रपुर नगर क्षेत्रमा दिनमा पटक पटक लाईन काटिने गरेका कारण सर्बसाधारणको घरमा रहेका ईलेक्ट्रोनिक्स समान बिग्रन थालेको स्थानीयले बताएका छन् । प्राधिकरणका हाकिमले नै सर्बसाधारणसंग अबैध रकम माग गर्न थालेका कारण अन्य कर्मचारीले समेत काममा बेवास्ता गर्ने गरेको व्यापक गुनासो बढदै जान थालेको स्थानीयको भनाई रहेको छ । पछिल्लो समय प्राधिकरणको चन्द्रपुर शाखाबाट हुने बिभिन्न काममा सर्बसाधारणले सास्ती खेप्नुपरेको भएपनि त्यस तर्फ कार्यालय प्रमुख यादवले कुनै ध्यान नदिएको सेवाग्राहीको भनाइ रहेको छ । चन्द्रपुर शाखा मातहतका जिल्लाका बिभिन्न स्थानमा हुकिङ गरेर बिजुली बाल्नेको संख्या बढेको भएपनि त्यस तर्फ समेत सो कार्यालयले वास्ता नगरेको स्थानीयको भनाइ रहेको छ । चन्द्रपुर शाखा मातहतको श्रीनगर, बलेरी ,खैरा टोल ,रमौली ,बिश्रामपुर लगाएतका स्थानमा बिजुली चोरेर बाल्ने गरेको भएपनि त्यहां जाने कर्मचारीले केही रकम लिएर छाडिदिने गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । सो बिषयमा कार्यालय प्रमुख यादवसंग कुरा गर्न सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।