चन्द्रपुर,१५ कार्तिक / पछिल्लो समय ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको ध्यान ढुंगा बोक्ने ट्रेक्टर तिर जान थालेको स्थानीयले बताएका छन् । चन्द्रपुर नगरपालिकाले खोलामा बसेर अमानतमा ढुंगाको पैसा काटने र अलि तल आएपछि प्रहरीले ट्रेक्टर पक्राउ गरेर ट्रेक्टर संचालकलाई दुख दिने गरेको गुनासो बढेको हो । चन्द्रपुर नगरपालिकाका एक जना कार्यपालिका सदस्य जो माओवादीकालका डेफुको उपनामले परिचित रहेकाको डिजाईनमा ट्रेक्टर धनीमाथि अन्याय गर्ने काम नगरपालिका र ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले गरेको स्थानीय ट्रेक्टर संचालकले गुनासो गरेका छन् । जिल्ला वन कार्यालयको अधिकार क्षेत्रमा पर्ने चांदी खोला लगाएतका अन्य खोलामा चन्द्रपुर नगरपालिकाले समन्वय नगरी ठेक्का लगाउन खोजेको र वन र नगरपालिका बिच बिवाद भएपछि खोलाबाट ढंगा ल्याउने ट्रेक्टर पक्राउ गरेर नगरपालिका ३० हजार जरीवना गर्ने र त्यसबाट प्रहरीलाई पांच हजार दिने निर्णय गरेपछि स्थानीय ट्रेक्टर धनी मारमा परेका हुन । स्थानीयले चन्द्रनिगाहपुरको मुख्य चोकमा दिनदाहाडै चोरी हुदा समेत मतलव नराख्ने प्रहरीले ढुंगा ल्याउने ट्रेक्टर भने देख्ने गरेको पक्राउ गर्ने गरेको भन्दै स्थानीय सस्तरमा प्रहरीको आलोचना हुन थालेको छ । बैधानीक रुपमा खोला उत्खननका लागि नगरपालिकाले ठेक्का लगाएको तर घर बनाउनका लागि स्थानीयले हातले उठाएर प्रकृतीलाई कुनै अप्ठेरो नपारी ढुंगा ल्याउदा प्रहरीले पक्राउ गरेर हप्तौ प्रहरी कार्यालयमा ट्रेक्टर राख्दा ट्रेक्टर ब्यावसायीले मार खेप्नु परेको ट्रेक्टर संचालकहरुले गुनासो गरे । चन्द्रपुर नगरपालिकामा निर्वाचित जन प्रतिनिधिले नगरपालिकाले कर लगाउने बिषयमा ध्यान नदिएका कारण कर लगाउदै छुट दिदै गर्ने काम कर्मचारीबाट हुदा समेत सुईको समेत पाउन सकेका छैनन् । नगरपालिकालाई आफ्नो अधिकार क्षेत्रका बिषयमा जानकारी नहुदा खोलाको ढुंगा टिप्ने ट्रेक्टर माथि रिस पोख्ने गरेको एक ट्रेक्टर संचालकले बताए ।