गौर,१५ कार्तिक / रौतहट जिल्लाको मुख्य नाका गौरबाटै सबैको मिलेमतोमा बैधानीक रुपमा तस्करी बढेको छ । भन्सार कर्मचारी ,ब्यापारी ,सशस्त्र प्रहरी ,भन्सार प्रहरी चौकी ,भन्सार एजेण्टकै मिलेमतोमा गौरको मुख्य नाकाबाट सुन देखी नुन तस्करी हुने गरेको समाचारस्रोतले बताएको छ । नेपालबाट भारत तीर जाने भन्दा भारतबाट नेपाल आउने समान अबैध भएपनि त्यसलाई भन्सार कर्मचारीको मिलेमतोमा बैध बनाएर देशका बिभिन्न स्थानमा पु¥याउने गरिएको छ । भारतबाट आउने समानको एक पटकको राजश्व तिरेर पटक पटक त्यसै राजस्व तिरेको कागजको आधारमा भन्सार छलेर समान गौर नाकाबाट नेपाल भित्रने गरेको छ । गौर भन्सार कार्यालयका कार्यालय प्रमुख राजनबाबु काफ्ले सहितका पुराना कर्मचारी र भन्सार एजेण्टको आडमा एक पटक भन्सार तिरेको कागजको आधारमा पटक पटक समानहरु नेपाल भित्रने गरेको एकजना ब्यापारीले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिए । गौर भन्सारमा एक पटक राजश्व तिरेर पांच पटक सम्म नेपाल भित्रेको मुख्यत कपडाहरु तस्करीको समान सहित पटक पटक पक्राउ परेर चर्चामा आएको बाबा ट्रान्पोर्टले काठमाण्डौ लगाएतका देशका बिभिन्न स्थानमा पु¥यउने गरेको छ । अबैध रुपमा गौर भन्सार कार्यालय अगाडीबाट आउने समानलाई सिधै भन्सार कार्यालय भित्र छिराएर बैध बनाउने काममा पुराना कारोवारी तथा भन्सार एजेण्ट कौशल साह ,सुरेर साह लगाएतकाको मुख्य भुमिका रहने गरेको स्थानीयको भनाइ रहेको छ । गौर भन्सार कार्यालयबाटै अबैध रुपमा आएको समानहरुलाई बैध बनाउने काम हुने गरेको छ,भने जिल्लाको बंकुल नाकामा भन्सार कर्मचारी नबस्ने गरेका कारण त्यहांबाट खुलेयाम भन्सारनै नतिरी समान नेपाल भित्रने गरेको छ । बंकुल नाकाबाट नेपाली मदिरा भारत जाने गरेको छ, भने भारतबाट बिभिन्न समान सहजैै नेपाल भित्रने गरेको छ । सो स्थानमा भन्सार कर्मचारी नराखेर गौर भन्सार कार्यालयले तस्करीको लागि खुल्ला स्थानका रुपमा छाडेको छ । गौर भन्सारबाटै अबैध काम मौलाएपछि गौर भन्सारले आफ्नो लक्ष अनुसार राजश्व समेत असुल्न सकेको छैन् ।