गौर,१५ कार्तिक / नियतपूर्वक कसैले कसैको ज्यान मार्न वा ज्यान मार्ने कुनै काम गर्न वा गराउनुहुदैन । निजको ज्यान मर्न सक्ने गरी नियतपूर्वक गम्भीर शारीरिक चोट वा क्षति पु¥याएकोमा तत्कालै ज्यान नगई सोही चोटका कारण पछि ज्यान गएमा पनि उसैले ज्यान मारेको मानिनेछ । यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई जन्मकैद सजाय हुनेछ (मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १७७ छ । कसैले कसैको ज्यान मार्ने नियतले त्यसको उद्योग गर्नुहुँदैन । यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई १० वर्षसम्म कैद र एक लाख रुपैयासम्म जरिवाना हुनेछ (मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १८३ छ । कसैले इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र प्राप्त गरेको भए पनि इजाजतपत्रमा उल्लेख भएका सर्त र बन्देजविपरीत विस्फोटक पदार्थ बनाउन, तयार गर्न वा उत्पादन गर्नुहुदैन । कडा विस्फोटक पदार्थ भए १० वर्षसम्म कैद र एक लाखसम्म जरिवाना तथा नरम विस्फोटक पदार्थ भए पाच वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुनेछ । त्यस्तै, सामान्य विस्फोटक पदार्थ भए तीन वर्ष कैद र ३० हजारसम्म जरिवाना सजाय हुनेछ (मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १३८) छ ।
अफ्ताबका वकिलहरूले २७ चैत ०६४ मा बम विस्फोट नै नभएको दाबी गर्दै आएका छन । तर, प्रहरीले बम विस्फोटको घटना देख्ने प्रत्यक्षदर्शी समसुल मियासंग प्रमाण लिएको छ । विस्फोटकै राति तत्कालीन प्रहरी निरीक्षक इन्द्र सुवेदीको कमान्डमा घटनास्थलमा खटिएका सुरक्षाकर्मीसंग बयान लिएको छ । घटनामा घाइते भएका सर्लाहीका सफी मोहम्मदसंग पनि बयान लिएको छ । फरेन्सिक रिपोर्टले पनि सफीको छाती र पेटको घाउ बम विस्फोटबाटै भएको प्रमाणित गरेको छ । त्यसवेला सफीले उपचार गरेको भारतको बिहारस्थित अस्पतालबाट पनि रिपोर्ट ल्याएको छ ।
अफ्ताबका वलिकहरूले इटाभट्टामा लगेर कसैको शव दहन नगरिएको दाबी गरेका छन । तर, विस्फोटमा परी घाइते भएकालाई इँटाभट्टमा लान प्रयोग गरिएको ट्रेक्टर प्रहरीले फेला पारेको छ । उक्त ट्रेक्टर अफ्ताबका भाइ महताब आलमको नाममा दर्ता भएको प्रमाणसमेत भेटाएको छ । विस्फोटमा मारिएका भनिएका त्रिलोकप्रताप सिंह (पिन्टु) र ओसी अख्तर बेपत्ता भएको र अफ्ताबले नचिन्ने उनका वकिलहरूको दाबी छ । तर, रौतहटस्थित यमुनामाई गाउपालिकाले त्रिलोक र ओसी दुवैको मृत्यु भएको प्रमाणित गरिसकेको छ । यमुनामाई गाउपालिकाले जारी गरेको मृत्यु दर्ता प्रमाणपत्रमा उनीहरूको मृत्यु २७ चैत ०६४ मा रौतहट फरहदवा–४ मै भएको उल्लेख छ । मृत्यु हुनुअघि उनीहरूलाई घाइते अवस्थामा देख्ने प्रत्यक्षदर्शीलाई समेत भेटेर प्रहरीले बयान लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भुपेन्द्र खत्रिका अनुसार प्रहरीले अनुसन्धान गर्दै छ । प्रमाण भेटिएका छन । घटना भएको प्रमाणित भएको छ । दसीप्रमाण पनि भेटिएका छन । घटनाका घाइते र प्रत्यक्षदर्शीसंग बयान भइसकेको छ । त्यतिवेला त्यहा खटिएको सुरक्षाकर्मीलाई पनि हामीले भेट्यौ । सबै प्रमाण जुटाउदा घटना भएको पुष्टि हुन्छ । अझै अनुसन्धानको समय थप भएको छ । थप प्रमाण जुटाएर मुद्दा झन् कसिलो बनाउनेछौ ।