गौर,२८ कार्तिक / रौतहटको राजपुर बम विस्फोट र घाइतेहरुलाई ईंटाभट्टामा जलाएको मुद्दा खेपिरहेका नेपाली कांग्रेसका सांसद मो. अफताब आलमले सरकारी साक्षी एवं मृतकका आफन्तलाई वयान फेर्न आर्थिक प्रलोभन देखाएको प्रमाण भेटिएको छ । १२ वर्षअघि भएको बम विस्फोटमा घाइते भएका भारत सीतामढीका गौरीशंकर रामलाई आलमका मानिसहरुले अपहरण गरेर बन्धक बनाएको मंगलबार मात्र खुलेको थियो । गौरीशंकरलाई वयान फेरेर कागज गराएपछि आइतबार अदालतमा उपस्थित गराइएको थियो । यद्यपि उनले आफूलाई अपहरण गरिएको मंगलबार खुलासा गरेका हुन । यसअघि विस्फोटमा मृत्यु भएकी भनिएकी ओसी अख्तरकी पत्नी अमना खातुनले पनि आफ्ना श्रीमान वैदेशिक रोजगारीमा गएको र नफर्किएको भन्दै शुक्रबार अदालतमा वयान फेरेर निवेदन दिएकी थिइन् । सरकारी साक्षीका रुपमा रहेका मृतकका आफन्त एवं विस्फोटनका घाइतेदे नै बयान फेर्न (होस्टाइल) चाहेको निवेदन लिएर धमाधम अदालतमा आउन थालेपछि प्रहरीले यसको गुह्य कुरो खोजी गर्दा ३६ मिनेट लामो एउटा सनसनीपूर्ण अडियो रेकर्ड फेला परेको छ । प्राप्त उक्त अडियोमा आलमका मानिसहरुले अख्तरको परिवारलाई वयान फेर्न धम्की र प्रलोभन दिएको पाइएको छ । आलमका मानिसहरुले अख्तर परिवारसंग गरेको कुराकानीको ३६ मिनेट ५८ सेकेन्ड लामो अडियोमा अख्तर परिवारलाई वयान फेरेवापत ५ लाख नगद र ५ कठ्ठा खेत दिने प्रलोभन दिइएको छ । आलमलाई मन्त्री भन्दै सम्बोधन गरेका उनीहरुले आफूहरुले धम्की दिएको नभई सल्लाह गर्न आएको बताएका छन् । अख्तर परिवारसंगको भेटघाट र कुराकानीको सुरुमा आलमका मानिसहरु भन्छन, ५ लाखमा हुन्छ ? चित्त बुझे हुन्छ, नबुझे हुंदैन भन्नू, तर कुरा चुपचाप राख्नू । उनीहरु भन्छन, पहिले त्यहा“ समसुलको घर, जो अख्तरका ससुरा हुन् र घाइतेहरुलाई ईंटा भट्टामा हालेको देखेको वयान दिने साक्षी हुन को वातावरण बुझ्नुपर्यो । पीडितबाट हुन्छ भन्ने जवाफ नआएपछि उनीहरु अर्को कार्ड फाल्छन, ५ लाख रुपैया“ र ५ कठ्ठा खेत लेऊ । पीडित परिवारले यो प्रलोभनलाई पनि स्वीकार गर्दैन । त्यसपछि आलमका मानिसहरु भन्छन, तिमी पा“च लाख, पा“च लाख मात्रै भनिराछौं । तर, पा“च कठा जग्गाको मूल्य पनि हेर न । पा“च कठा जग्गाको मूल्य कति हुन्छ ? केही नभए पनि १२ – १४ लाख जग्गाकै मोल हुन्छ । दुई लाख कठ्ठाभन्दा बढीको जग्गा हो । उनीहरु बेलाबेला त्रास पनि देखाउ छन् । यो कुरालाई हल्कारुपमा नलिनू भन्दै तर्साउन खोज्छन् । कुराकानीका क्रममा उनीहरु जोखिम लिने कि पैसा र जग्गा स्वीकार गर्ने, दुईमध्ये एक रोज्न दबाव दिन्छन् । आलमलाई सजायँ गराएर तिमीलाई के फाइदा हुन्छ ? फाइदा हुन्छ शैलेन्द्र र किरणलाई ( दुवै राजपुरमा आफताबका प्रतिद्वन्द्वी हुन ) उनीहरुले अख्तर पारिवारका सदस्यहरुलाई लोभ र त्रास दुबै देखाउदै भनेका छन, यो रकम र जग्गा लियो भने २ – ४ पैसा त आयो । अघि भन्छन, आफताब आलम छुट्यो भने गाउ“, समाज र जिल्लामा हामीलाई राम्रो हुन्छ । जे भए पनि एक चोटिका लागि माफ गर्दिनुपर्छ । तिमी मुसलमान हो कि होइन ?
अख्तरका परिवारका सदस्य भन्छन, मुसलमान भन्नु हुन्छ, मुसलमानको कुरा गर्नुहुन्छ ।
तर, मुसलमान मरेपछि सदगद गर्दा माटो दिनुपर्छ । कमसेकम शव त दिनुपथ्र्यो नि ? शव पनि दिएन । त्यसकै फल आलमले पाएको छ । माटो दिन पाएनौ भने त्यसको सजायँ अल्लाहले तिमीलाई दिन्छ कि उसलाई ? आलमका मानिसहरुले प्रतिप्रश्न गरे । त्यसपछि अख्तरका परिवारले पनि प्रश्न गरे, तपाईको आफन्तलाई त्यस्तो गरेको भए तपाईले अहिले भने जस्तो गर्नुहुन्थ्यो ? उ आफैं गएको थिएन, उसलाई त्यहा“ लगिएको थियो । त्यसपछि भने आलमका मानिसहरु रिसाउँछन् । धेरै बहस नगर र तिमी बुवा समुसल मिया लाई सल्लाह देऊ । जे राम्रो हुन्छ, त्यही गर्न भन ।