रुपेन्द्र पटेल,२८ कार्तिक / रौतहटको चन्द्रनिगाहपुर गौर सडक खण्डमा टिपरको आतंक बढ्दै जान थालेको छ । सो सडकमा हियुने र यात्रा गर्ने नागरिकहरु जुनसुुकै समयमा टिपरका कारण मृत्युको मुखमा पर्न सक्ने सम्भावना बढदै जान थालेका छन । टिपर चालकको चरमलपावाहीका कारण सर्वसाधारण आतंकित बनेका हुन । टिपर तिब्र गतिमा कुदाई रहेका कारण खतराको जोखिम बढेका हो । चरमलपावाही र तिब्र गतिमा टिपर चालकले टिपर चलाई रहेदा समेत जिल्ला टूाफिक कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रण गर्न नसकेको चन्द्रपुरका स्थानिय वासिन्दा अर्जुन नौपानेले बताएका छन । सडकमा टिपर आउदा ज्यानै मार्न आएको जस्तो असुरक्षित महसुस हुने थालेको यात्रुहरुले बताएका छन् । रोडा, बालुवा, गिटीजस्ता निर्माण सामग्री ओसारपसारमा उपयोग गरिने टिपरलाई टूाफिक प्रहरीले समेत केही वस्था नगरेको गुनासो बढेका छन । स्थानिय भन्छन टूाफिक प्रहरीले टिपर चालकहरु संग मोटो रकम लिएर लपावाही गरी चलाउन दिएको हो ।