गौर,२९ कार्तिक /  राजपुर बम काण्डका अभियुक्तका रुपमा रहेका काग्रेस नेता मोहमद अफताव आलमलाइ पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला न्यायाधिस दिपक ढकालको ईजालसले आलमलाई पुर्पक्षका लागि जेल चलान गरेको हो । तीन बजे सकियको बहस पछि उनलाई पुर्पक्षका लागि जेल पठाउने आदेश भएको हो । आठ दिनक बहस पछि यस्तो आदेश आएको हो । अालम छुटने आशमा ठूलो संख्यामा उपस्थित रहेका अालमका समर्थममा निरासा छाएको थियो । दुबै तर्फका वकिलको बहस सकियपछि आफ्नो भनाइ राख्दै आफुलाई सरकारले फसाएको बताएका थिय । उनले राजपुरमा पटका समेत नपडकियको बताएका थिय । श्रीमान पटका समेत नपडकेको अवस्थामा बमको कुरा कसरी आयो ,उनले भने । आलमको भनाइको प्रतिवाद गर्दे मारियका त्रिलोकका बाबू श्रीनारायण सिहले १२ बर्ष पछि आफुले न्याय पाउने आश राखेको बताएका थिय । उनले न्यायाधीश ढकालका अगाडि रुदै आलमलाइ कार्वाही भए मात्रै आफ्नो छोराको अात्माले शान्ति पाउने छ । न्यायाधीश ढकालको आदेश अाउनु पहिला बादी तथा प्रतिवादी ले बहस गरेका थिय ।