चन्द्रपुर,२ मंसिर / सबन्धीत निकायले बजार अनुगमन गरेका कारण जिल्लाका प्रमुख ब्यापारी बजारहरुमा खशिको भन्दै बाख्राको बासु बिक्रि बितरण हुने गरेको छ । जिल्लाको चन्द्रनिगाहपुर,गौर ,गरुडा कटहरिया लगाएतका बजारमा खशिको भन्दै बाख्राको मासु बिक्रि बितरण हुदा समेत जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारले कुनै वास्ता नगरेको गुनासो बढेको हो । मासु धेरै खपत हुने गरुडा ,चन्द्रनिगाहपुर र कटहरिया बजारमा खशिको भन्दै बाख्राको मासु बिक्रि बितरण हुने गरेको उपभोक्ताहरुको भनाइ रहेको छ । रौतहटको कटहरियामा पछिलो केही महिनादेखी मासु ब्यापारीले दिनदहाडै पाठी र बाख्राकाटेर मासु बेचिरहेको भएपनि सम्बन्धीत निकायको ध्यान जान नसकेको स्थानीय बासिन्दाले बताउदै आएका छन । प्रहरी प्रशासन र जनप्रतिनिधी समेतको मौनताको कारण केही स्थानिय मासु काटेर बेच्ने ब्यापारीले बजार क्षेत्रमा खसीसंगै पाठी र बाख्रा काटेर मासु बिक्री गरीरहेको स्थानीयको भनाइ रहेको छ । पछिलो ३÷४ महिना देखी कटहरियामा दैनिक खसीकाटेर मासु बिक्रीहुने स्थानमै टासिएर पाठी र बाख्राको मासु बिक्रीहुदा कतिपय उपभोक्ता झुकिएर ठगीनेगरेको स्थानीय रामचन्द्र गोसाँईले गुनासो गरेका छन । बिगत लामो समय देखी खशि काटेर मासु बेचिने स्थानमा बढीनाफा कमाउने उदेस्यले गैरकानुनी रुपमा पाठी र बाख्रा काटेर दिनदहाडै बिक्रीगर्दा पनी निर्वाचित जनप्रतिनिधी र प्रहरी प्रशासनको उदाशिनताका कारण आमउपभोक्ता पिडित भएका छन । कटहरिया बजारक्षेत्र वडा ५ अन्र्तगत रहेकाले बजारमा देखिएको बिकृती नियन्त्रण गर्ने पहिलो दायीत्व वडा अध्यक्ष सर्फलाल गुप्ताको् रहेको स्थानीयले बताए । नैतिकताको आधारमा नगरप्रमुख सियाराम कुश्वाहा तथा उपप्रमुख नुरजहा खातुन पनी बिकृती नियन्त्रणमा पछीपर्नु नहुने आम जनताको बुझाई रहेको छ ।
पाठी र बाख्रा काटने बिकृती कसले नियन्त्रण भनी सोध्दा नेपाली कांग्रेसका वडा अध्यक्ष गुप्ताले बिभिन्न विकास निर्माणको काममा मेयरले अग्रसरता देखाउदै आएको कारण उक्त समस्या समाधानका लागी मेयरले नै पहल गर्नुपर्ने प्रतिकृया दिएका छन । सो समस्या बारे मेयर सियाराम कुश्वाहाले बजारक्षेत्रमा ब्यापारको नाउमा पाठी र बाख्रा काटेर मासु बेच्नेलाई आजैदेखी नियन्त्रणमा लिएर कानुनी कार्यवाहीको प्रकृयामा ल्याउन ठोस पहल गर्ने प्रतिवद्धता जनाएका छन ।यता चन्द्रनिगाहपुर बजारमा समेत खशि भनेर बाख्रको मासु बेच्ने माथि समेत कार्वाही भएको छैन ।