गौर, ६ मंसिर । रौतहटको फतुवा वियपुर नगरपालिकाका विद्यालयमा अझै पनि विद्यार्थी विद्यालयमा बोरा बोकेर बढन जाने गरेका छन् । विद्यार्थी बोरा मात्र हैन बाल कक्षा देखी ५ कक्षा सम्म एकै ठांउमा बसेर बढनुपर्ने बाध्यता रहेको छ । भवननै नभएको उखुबारीको बिचमा रहेको दलित प्राथमिक विद्यालयको धुलाम्मे चौरमा बसेर पढनका लागि विद्यार्थीहरुले घरबाट बोरा बोकेर आउनुपर्ने बाध्यता रहेको छ । फतुवा विजयपुर नगरपालिकाको वडानं १ सितलपुरमा उखुबारीको बिचमा रहेको विद्यालयको अवस्था नाजुक रहेको भएपनि नगरपालिकाले कुनै वास्ता नगरेको विद्यालयका प्रधानाध्यापक रामेश्वर महराले बताए ।
सोही विद्यालय भन्दा एक सय मिटर पर रहेको प्राबि हर्साहको दुई कोठे भवनमा डेक्स र ब्रेन्च नरहेका कारण विद्यार्थीले घरबाट बोकेर ल्याएको बोरा बिच्छाएर पढने गरेका छन ।