रौतहट,१३ मंसिर । जिल्लाको विभिन्न स्थानमा पूर्वधार निर्माणका कामले तिब्रता पाएको छ । चन्द्रपुर नगरपालिका अन्तर्गत विभिन्न स्थानमा पुर्वधार तथा सडक निर्माणले गति लिएको छ । पूर्व मन्त्री तथा संसाद प्रभ्ु साहको विशेष सहयोग र नेकपाका युवा नेता तथा जिल्ला कमिटि सदस्य बालकृष्ण सापकोटाको पहलमा चन्द्रनिगाहपुरमा पुर्वधार निर्माणका कामले गति लिएको हो । शहरी विकास मन्त्रालय अन्तर्गत सघन शहरी पूर्वधार विकाश कार्यक्रम अन्तर्गत नगर क्षेत्रमा विभिन्न काम भएका छन् । सोहि कार्यक्रम अन्तर्गत चन्द्रपुर नगरपालिकाको वडा नं. ९ मरिनटोल देखि वडा नं. १० को चेतनगर बिर्ता हुदै नहरपुल सम्म सडकलाई स्तरन्नती गरीएको छ । करिव १९ सय मिटर उतm सडकमा पानी पिच गरीएको छ । सडक खाल्डाखुल्डी तर बर्षातको समयमा हिड्ड्ल समेत गर्ने नसकिने अवस्थामा रहेको सडक स्तरन्नती भएपछि स्थानियलाई आवतजावतमा सहज भएको छ । बर्षौदेखि सडक समस्याका कारण चिन्तामा रहेका स्थानिय सडक बनेपछि हर्षित भएका छन् । हाट बजार सम्म कृषि उव्जनी लिएर आउन निकै समस्या थियो स्थानिय रोशन बतौलाले भने । तर अहिले सडक बनेपछि किसानलाई बजारसम्म आउन सरल र सहज भएको छ । उतm सडक बनेपछि किसानको मात्र नभई सर्वसाधरणको समेत दैनिकिमा सहज आएको उनको भनाई छ । गाँउमा अन्य पुर्वधारका निर्माणका कामले गति लिएका कारण स्थानियमा उत्साह छाएको उनले बताए । युवा नेता सापकोटाले आफनो गाँउ तथा नगरमा नै विकासका योजना ल्याउन पहल गरेको प्रति स्थानियले प्रशंसा गरेको अर्का स्थानिय प्रकाश चौलागाईले बताए । विकासका अभियानमा रहेका युवा नेता सापकोटाले विभिन्न निकायसम्म पुगेर बजेट ल्याउन गरेको कार्यको गाँउलले उच्च प्रशंसा गरेका छन् । यस अभियानमा पूर्वमन्त्री तथा संघिय संसाद प्रभु साहको बिशेष योगदान रहेकोे पनि स्थानियले चर्चा गरेका छन् । पर्यटकिय क्षेत्र मर्दरको विकासमा गरेको सहयोग र अन्य पूर्वधार निर्माणका काम देखाएको चासो प्रशंसनिय रहेको स्थानिय बताँउछन् । गाँउ गाँउमा विकास गरी आर्थिक समृद्ध बनाउने योजनामा रहेको युवा नेता बालकृष्ण सापकोटाले बताए । यस अभियानमा पूर्वमन्त्री साहको विशेष सहयोग रहेको समेत उनले उल्लेख गरे । विकासमा अभियानमा पुर्वमन्त्री साह संगै आफु पनि सक्रिय रहेको उनको भनाई छ । पछिल्लो समयमा हरेक गाँउमा सडक संञ्जाल पुगेको छ र अन्य पुर्वधार निर्माणका कामले पनि गति लिएको छ । विकास र समृद्धको यात्रामा सवैको सहकार्य र सहयोगको आवश्यता पर्ने उनीहरु बताँउछन् ।