जनकपुर,१३ मंसिर । विवाहपञ्चमी महोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर आउनु भएको छ ।सो क्रममा राष्ट्रपति भण्डारीले जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन समेत गर्नुभएको छ ।
विवाहपञ्चमीमा अयोध्याबाट जनकपुरधाम आएका जन्तीलाइ स्वागत गर्नका लागि ११ बजेर २० मिनेटमा जनकपुर आइपुग्नु भएको हो ।
केहीबेरमा रङ्गभूमि मैदानमा सम्बोधन गरि अयोध्याबाट आएका जन्तिलाई स्वागत गर्ने कार्यक्रम रहेको छ ।