कमेडी जनराको फिल्म पति पत्नी अर वो ले राम्रो रिभ्यु पाएको छ । कात्र्तिक आर्यनको यस फिल्मले बक्स अफिसमा राम्रै कमाई गर्ने अपेक्षा गरिएको छ । मिडिया रिपोर्टका अनुसार यस फिल्मका केही शब्दहरुका कारण विवादमा पनि परेको थियो । तर, ती शब्दहरु हटाइएपछि फिल्मलाई रिलिजका लागि अनुमति दिइएको थियो । अन्य कलाकारहरुमा भुमी पेडेकर, अनन्या पाण्डे रहेका छन् । समिक्षकहरुका अनुसार लामो समयपछि कमेडी फिल्मले यति राम्रो रिम्यु पाएको बताएका छन् । प्राय कमेडी फिल्ममा देखिने आर्यनले यस फिल्ममा श्रीमानको भुमिका गरेको छन् । यसअघि रिलिज भएका उनका फिल्महरुले बक्स अफिसमा राम्रो कमाई गर्न सफल भएका थिए ।