चन्द्रपुर,२ पुस / रौतहटको चन्द्रनिगाहपुरमा मंगलबार विहान मासु पसलको अनुगमन गरीएको छ ।
चन्द्रपुर नगरपालिका पशु शाखाको आयोजनामा मासु पसलको अनुगमन गरीएको हो । २०७६÷०७७ को बार्षिक निशर्त तर्फको स्वीकृत कार्यक्रम अनुसार मासु पसलको अनुगमन गरिएको हो । चन्द्रपुर नगरपालिका पशु शाखाका प्रमुख एबम पशु बिकास अधिकृत खड्क कुमार मैनाली, डाक्टर सुलभ कुमार चौधरी, अधिकृत छैठौ तहका दुर्गा प्रसाद चिमोरिया, वडा अध्यक्ष खड्ग कुश्वार, सञ्जय काफले, कार्यपालिका सदस्य दुर्गा आचार्य, प्रहरी, प्रशासन तथा संचारकर्मीको उपस्थितीमा मासु पसलको अनुगमन गरिएको हो । उतm अनुगमनका क्रममा मासु पसल व्यवस्थित नभएको, मुल्य सूची नराखिएको, सरसफाईमा ध्यान नदिएको भेटिएको अनुगमन टोलीमा सहभागीहरुले बताएका छन् । मासु पसललाई व्यवस्थित गरेर सरसफाईमा विशेष ध्यान दिन सुझाव दिईएको अनुगमनमा सहभागि टोली डाक्टर सुलभ कुमार चौधरीले बताउनुभयो । यस अघि पनि अनुमगन हुँदा जानकारी दिएको भएपनि मासु पसलले वेवास्ता गरेको पाईएको उहाँको भनाई छ । अगामी दिनमा सुधार नगरेमा कारवाही गरिने समेत उहांले जानकारी दिनुभयो । चन्द्रनिगाहपुरमा रहेको अधिंकाश मासु पसलको अनुगमन भएको चन्द्रपुर नगरपालिका पशु शाखा कार्यालयले जानकारी दिएको छ ।