चन्द्रनिगाहपुर,१० माघ । रौतहटको वनमा ब्यापक रुपमा काचा सालका रुख काटिने क्रम रोकिन सकेको छैन् । यसै क्रमम मैरा वन क्षेत्रबाट वन कर्मचारीकै मिलेमतोमा बुधबार राती तीन थान सालका रुख काटिएका छन् । काटिएका रुखबाट एउटा रुख गोलिया बनाएर चोरले लगेको र बाकी दूइ वटा रुख गोलिया बनाएर लाने तयारी अवस्थामा डिभिजन वन कार्यालयका कर्मचारीले फेला पारेका थिय ।
मैरा वनका प्रमुख बिमल चौधरीकै मिलेमतोमा सो रुख काटिएको र बिहिबार डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरबाट महेन्द्र जयसवालको नेतृत्वमा गएको टोलीले सो घटना लुकाउने प्रयास गरेको स्थानीयले जानकारी दिएका छन् । मैरा क्षेत्रमा दैनिक जसो वन कर्मचारीकै मिलेमतोमा काचा सालका रुख काटिने क्रम जारी रहेको स्थानीयले जानकारी दिएका छन् ।