सर्लाही,१० माघ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–९, डिभिजन वन कार्यालय अगाडि अटोबाट खसेर एक जनाको मृत्यु भएको छ ।
हरिवनबाट लालबन्दीतर्फ आइरहेको ना २ ह ४३६३ नम्वरको अटोबाट खसेर मृत्यु भएका अन्दाजी ४०÷४५ वर्षका पुरुषको परिचय खुल्न नसकेको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । बिहिवार दिउँसो २ बजेतिर अटोबाट लडेर गम्भीर घाईते भएका ती पुरुषको उपचारका क्रममा राती समर अस्पताल जनकपुरमा मृत्यु भएको हो । उनलाई लालबन्दीलाई सामान्य उपचार गरी जनकपुर रेफर गरिएको थियो ।
प्रहरीले मृतकको परिचय खुलाउने प्रयास भइरहेको जनाएको छ ।