चन्द्रपुर,१७ माघ । रौतहट जिल्ला फुटबल संघको आयोजनामा रौतहटको चन्द्रपुर नगरपालिकामा जारी चन्द्रपुर उप(मेयर कप राष्ट्रिय महिलालिग फुटबल प्रतियोगिता २०७६ को फाइनलमाआयोजक रौतहटको चन्द्रपुर नगरपालिका र स्याङ्जाको वालिङ्ग नगरपालिका फाइनलमा पुगेका छन् । बिहीबार सम्पन्न सेमिफाइनल खेलमाचन्द्रपुरले मोरङ्गको विराटनगर महानगपालिकालाई र वालिङ्गले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई पराजितगर्दै फाइनलको यात्रा तय गरेकाहुन् ।
चन्द्रपुर नगरपालीका ६ स्थित शेर व. दर्लामी स्मृतिहातेमालो खेल मैदानमाभएकोे पहिलो खेलमाचन्द्रपुरले विराटनगरलाई शुन्यका विरुद्ध दुई गोलले पराजित गरेको हो । निकै प्रतिष्पर्धात्मकचन्द्रपुरले खेलको पहिलो हाफको ३६ औ मिनेटमा जर्सी नम्बर ९ कि रोजनी ठोकरको गोलको मद्धतले अग्रतालिएको थियो । ठोकरले डि(एरिया नजिकबाट आकर्षक भलिको मद्धतले गोल गरेकीथिइन् । उनले गरेको प्रहारलाई विराटनगरको गोलकिपर कल्पनाकार्कीले ठम्याउन सकिनन् । दोस्रो हाफमापनिदुबै टिमले एक(अर्का विरुद्ध राम्रा आक्रमणहरु बुनेकाथिए । दुबै टिमले गोलगर्ने केही राम्राअवसरहरु खेर फालेकाथिए । ठुलो संख्यामा रहेका घरेलु दर्शकको व्यापक सर्मथनपाएर हौसिएको चन्द्रपुरकालागिदोस्रो हाफको ३० औ मिनेट कप्तान मेनुकानगरकोटीले गोल गरेर आफ्नो टिमलाई २(० को जितदिलाईन ।
चन्द्रपुरकीरजनी ठोकरले २५ यार्ड टाडाबाट गरेको प्रहार विराटनगरकी रक्षपंक्तिको खुट्टामा ठोक्किएर रिवाउण्ड भएको बललाई नगरकोटीले पोष्टको दिशा देखाउँदै गोल गरेकीथिइन् । खेलको वुमनअफदिम्याच चन्द्रपुरकी कप्ताननगरकोटी भएकीथिइन् ।
बिहीबारैसम्पन्न दोस्रो सेमिफाइनलखेलमावालिङ्गले चौदण्डीगढीलाई २(० गोलको अन्तरले पराजित गर्दै फाइनमापुगेको हो । खेलको सुरुवात देखिनै आक्रमक खेल प्रदर्शन गरेको वालिङ्गले चौदण्डीगढीलाई निरन्तर दवावमा राखेको थियो । वालिङ्गको लागि खेलको १५ औ मिनेटमा जर्सी नम्बर ९ कि खेलाडी अमिषाकार्कीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएकी थिइन् । उनले डि(एरिया भित्रबाट चौदण्डीगढीका ३ जना रक्षापंक्तिका खेलाडी लाई छक्याउदै गोल गरेकी थिइन् । खेलको दोस्रो हाफमाचौदण्डीगढीले गोल गर्ने केही राम्राअवसरहरु सृजना गरेपनिगोल गर्न भने सकेनन् ।
उनीहरुका आक्रमणलाई वालिङ्गका रक्षापंक्तिका खेलाडीले असफलपारिदिएकाथिए । दोस्रो हाफको ३० औ मिनेटमा अमिषालेनै दोस्रो गोल गर्दै फाइनलमाचन्द्रपुर सगको भेट पक्का गरेकीथिइन् ।
उनले डि(एरिया नजिककै बाट सेकेन्ड बारमा गरेको प्रहारलाई चौदण्डीगढीकी गोलकिपर देविकाश्रेष्ठले रोक्न सकिनन् । खेलको वुमनअफदिम्याच वालिङ्गकी सरिष्मा थापा हुन सफलभएकी थिइन् ।
अब फाइनल खेलमाघ १८ गते शनिबार हुने आयोजकले जनाएको छ । स प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीलाई स्कुटर बाट पुरस्कृत गरिने भएको छ भने प्रतियोगितामाप्रथमहुने टिम लाई ३ लाख र दोस्रो हुने टिम लाई १ लाख ५० हजार पाउनेछन् ।
त्यसैगरी सेमीफाईनलपुग्ने दुई टिम लाई जनही ५०÷५० हजार नगद पुरस्कार रहेको आयोजकले जनाइएको छ ।
प्रतियोगिताको प्रत्येक खेलमा वुमनअफदीम्याच लाई नगद ५ हजार र कप , उत्कृष्ट पाच विधाका खेलाडीहरुलाई जनही १५ हजारका दरले पुरस्कृत गरिने रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान दर्लामीले जानकारी दिए ।