कटहरिया,१९ माघ / तेस्रो नगरसभाको बिषय लिएर लामोसमेय देखी बिवाद रहेको रौतहटको फतुवा बिजयपुरमा नगरपालिकामा अर्को बिवाद सुुरुभएको छ । फतुवा बिजयपुर नगरपालिकाको कार्यालयमा पछिलो केही दिनदेखी उपमेयरको नामको पल्ेट चोरीको घटना सावैजनिक भएको हो । उपमेयरको कार्यकक्ष अगाडीरहेको उपमेयर कान्तीदेवी महतो लेखेको नाम पल्ेट केही दिनदेखी हराउन थालेको हो ।
कार्यालय बाहिर ताला लागेको अवस्थामा उपमेयर महतोको नामप्लेट हराउनुु आफैमा आश्चर्यजनक रहेको स्वंय जनप्रतिनिधीले नै स्विकार गर्न थालेका छन ।
उपमेयर कान्तीदेवी महतोले तिनदिन अघि नामप्लेट रहेको ठाउ बाट उखाडेर अन्यत्र ठाउमा फालिएको भेटिएको बताईन ।
कार्यालय जादा नामप्लेट कतै नदेखिए पछी कसैले जानी जानी बदमासी गरीरहेको उपमेयर महतोको अनुमान छ ।घटनाबारे ईलाका प्रहरी कार्यालय बिजयपुरमा मौखिक जानकारी आएको र सो बारे आवशयक अनुसंधान भईरहेको प्रहरी निरिक्षक चन्द्रकिशोर साहले बताएका छन ।