डिबेट शोमा पुगेकी नायिका स्वरा भास्कर एक पटक पुनः आफनो बयानका कारण ट्रोल भइरहेकी छिन् । एनआरसी र सिएएको विषयमा चलिरहेको डिबेटमा स्वराले एक प्रश्नको जवाफमा भनिन्, म सन् २०१० मा १५ वर्षकी थिएँ ।
उनको यो बयानपछि सोसल मिडियामा उनलाई लगातार ट्रोल गरिँदैछ ।
स्वरासँग नायक मोहम्मद जीशान अयूब र तिग्मांशु धूलियामा पनि उपस्थित थिए । नायिकालाई सोधिएको थियो, सन् २०१० मा जब एनपीआरको प्रक्रिया सुरु भयो तब तपाईंलाई समस्या भएन ? यसको जवाफमा स्वराले भनिन, म सन् २०१० मा १५ वर्षकी थिएँ । त्यसपछि प्रयोगकर्ताले लगातार उनको मजाक उडाइरहेका छन् । ट्वीटरमा ३ःबतजझबतष्अष्बलक्धबचब ट्रेन्ड गरिरहेको छ ।
विकिपिडियाका अनुसार स्वराको जन्म ९ अप्रिल सन् १९८८ मा भएको थियो ।