जनकपुर,२० फागुन / नेकपाले प्रदेश २ लाई मदिरा निषेधित क्षेत्र बनाउन माग गरेको छ ।
११० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस सफल पार्न तयारीस्वरुप प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा बसेको प्रदेशका महिला नेतृहरु तथा नेकपा प्रदेश नेतृत्वको संयुक्त भेलाले मदिरा निषेधित प्रदेश घोषणा गर्न माग गरेको हो ।
पुरुषहरूले मदिराजन्य पदार्थको सेवन गरेर महिलामाथि हिंसा गरेकोले यस प्रदेशका महिलाहरु पीडित रहेको निष्कर्षसहित नेकपाले महिला हिंसा अन्त्यको लागि मदिरा निषेध गर्न माग गरेको हो ।
बैठकले दिवस मनाउन महिला हिंसा अन्त्यको लागि मदिरा निषेधित प्रदेश घोषणा गरौ, ११०औं महिला श्रमिक दिवस भव्यताका साथ मनाऔ भन्ने नाराका तय गरेको छ ।