अशोक पहाडी
रौतहट,८ चैत । रौतहट प्रहरीले विप्लव माओवादी रौतहटका ईन्चार्ज र जिल्ला सदस्यलाई पक्राउ गरेको छ । शनिबार बिहान दुवैजना लाई रौतहट र मकवानुरको सिमाबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । पक्राउ पर्नेमा रौतहट जिल्ला ईन्चार्ज संकेत भनिने कुमार राई र जिल्ला सदस्य जगत गुरुङ रहेका छन् । उनीहरुको साथ बाट एक थान नलकटुवा पेस्तोल एक थान ग्रिनेट रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।