दिपेन्द्र जयसवाल
बारा,१५ चैत ।
दैनिक ज्याला मजदुरी गर्दै आएका विपन्न परिवारलाई सरकारले घोषणा गरेको लकडाउनका कारण काममा जान सकेका छैनन् ।
विहान काम नगरे बेलुका के खाने भन्ने चिन्तामा रहेका विपन्न परिवारका लागि एक साता लामो लकडाउनले समस्यामा छन् । यस्तो बेलामा उनीहरुलाई सहयोगको खाँचो छ । केहि व्यक्ति तथा संस्थाले लकडाउन तोडेरै सेवामा खटिएका छन् ।
यस्तै समस्यामा रहेका बाराको सदरमुकाम कलैयास्थित कलैया उपमहानगरपालिका १७ सुराहीका विपन्न परिवारलाई खाद्यन्न सहयोग जुटेको छ । उनीहरुलाई नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता हसनजान अन्सारी, एजाजुलहक अन्सारी, मुखतार अन्सारीसहित वडा सदस्य मन्जर देवानले शनिबार खाद्यन्न सहयोग गरेका हुन् ।
प्रत्येक घर परिवारलाई पाँच किलो चामल र एक किलो आलुका दरले वितरण गरिएको नेता अन्सारीले जानकारी दिए ।