चन्द्रपुर, १६ चैत्र ।
विश्वभरी नै महामारीको रुपमा फैलिएको कारोना भाइरस नियन्त्रण तथा रोकथामका लागि रौतहटको चन्द्रपुर नगरपालिका वडा नं—१ स्थित पौराई ब्रहम स्थान सुधार समितिद्धारा पौराईको विभिन्न स्थानमा माक्स वितरण गरिएको छ । पौराई ब्रहम स्थान सुधार समितिका अध्यक्ष रुपेश पंडित, नेकपा प्रदेश २ का सदस्य विर बहादुर गोले, निर्वाचित सदस्य ज्ञानि माया सुयाँल लगायत पद अधिकारी व्यक्तीहरुको द्धारा माक्स वितरण गरिएको पौराईका स्थानिय वासिन्दा सुकेन्द्र गोलेले जानकारी दिएका छन । साविक गाबिस पौराईको वडानं–४, ५ र ६ मा १६ स्थानमा हात धुनका लागी साबुन पानिको व्यवास्था गरिएको गोलेले बताएका छन् । शनिबार र आईतबार गरि पौराईमा १७ सय माक्स वितरण गरिएको छ ।