ओम प्रकाश यादव, गरुडा १६ चैत्र ।
कोरोना भाइरस फैलिन नदिन तथा यशबाट बच्नको लागि रौतहटको माधवनारायण नगरपालिका वडा नं ६ माधोपुरका वडाअध्यक्ष राजीव कुमार यादवले आफ्ना वडामा हजारौं माक्स र सयौ पिस साबुन वितरण गरेका छन् । वडा अध्यक्ष यादवले शुक्रबार र शनिबार गरी ५ हजार पिस मास्क र १६ सय पिस साबुन वितरण गरेका हुन् । माधो पुरका प्रत्येक घरमा परिवारको संख्याको आधारमा मास्क र साबुन वितरण गरेको वडाअध्यक्ष राजीव यादवले बताए । कोरोना भाइरसबाट वडावासिको जिउ ज्यान बेलैमा जोगाउनको लागि माक्स र साबुन वितरण गरिएको उनले बताए । यसैबीच माधोंपुरमा चाँडै व्यवस्थित बजार लगाउने पनि तयारी भइरहेको रजपा क्षेत्र नं १ ख विधान सभाका क्षेत्रीय अध्यक्ष संजिव कुमार यादवले जानकारी दिनुभयो ।