काठमाडौं ,१६ चैत ।  कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले थप ७ दिन लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको छ । आइतबार सिंहदरबारमा उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले लकडाउन सात दिन थप्‍न मन्त्रिपरषद्‍मा सिफारिस गरेको हो । आजै अपरान्ह बस्‍ने मन्त्रिपरिषद् बैठकले लकडाउन थपबारेमा निर्णय लिनेछ। कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको अवस्थामा समितिले यस्तो निर्णय लिएको हो ।  सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभर लकडाउन घोषणा गरेको थियो। लकडाउनका क्रममा अत्यावश्यक बाहेकका सबै सेवा र गाडी तथा हवाई यातायात पनि ठप्पन पार्ने निर्णय गरेको थियो ।  थाहा खबरबाट