रुपेन्द्र पटेल १६ चैत्र ।
रौतहटमा गएराती चोरी भएको छ । जिल्लाको बृन्दावन नगरपालिका वडा नं—२ स्थित धनगढीका स्थानिय भागरित पटेलको घरमा चोरी भएको पिडित पटेलले बताएका छन् । चोरले शनिबार राती करिब १ बजेको समयमा घरमा दुल्लो बनाएर चोरी गरिएको पिडितले बताएका छन । चोरले दुलो बनाएर घरमा रहेको सुटकेस, जेवर तथा गर गहना लगाएत लाखौं मुल्य बराबरको धनमाल चारी गरेको पिडितले बताएका छन । चोरी भएपछि आईतबार बिहान बृन्दावन नगरपालिका वडा नं–२ का वडाअध्यक्ष सिकिन्द्र पटेल र विश्रामपुर प्रहरी चौकीका सई सतरुधन राउतले अनुसंधान सुरु गरेपछि चारी गर्ने ३ जना चोर पक्राउ परेका छन । पक्राउ पर्नेमा बृन्दावन नगरपालिका वडा नं— १ का राम नरेश मुखिया बिन, वडा नं—२ का मुकेश राम र वाड नं—२ बजार टोलका छठु पासवान रहेको बिश्रामपुर प्रहरी चौकीका सई सतरुध राउतले बताएका छन् । पक्राउ परेका चोरहरु अहिले ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रण रहेको हो । पक्राउ परेका चोरहरु पञ्चायती काल देखिनै चोरी गर्दै आएको स्थानिय वासिन्दाहरुले बताएका छन ।