आरके श्रीवास्तव १६ चैत्र ।
रौतहटको कटहरिया नगरपालिका वडा नं—१ का दलितवस्तीमा बिश्वव्यापि रुपमा पैmलिरहेको कोरोना भाईरसबाट बच्नका लागि प्रगती नगर टोलमा माक्स वितरण गरिएको छ । कटहरियामा रहेको श्री जन्ता मा.विका शिक्षक अजय कुशवाहा र कोपिला प्रा.विका शिक्षक कुनाल कुशवाहाले आफनो दुई —दुई महिनाको निजि तलबबाट दलितवस्तीको प्रत्येक घर—घरमा करिब ६ हजार मास्क वितरण गरिएको बताएका छन । उनिहरुलाई सहयोगि युवा शिक्षक साथि बिजय कुशवाह, श्यामसुन्दर ,मोहनारायाण ,मुकेश, सुरेश ,रामनन्द कुशवाहा लगायतका टोलि बनाई माक्स बितरण गरेका छन । वार्डमा रहेको हरेक सार्वजनिक धाराहरुमा कोरोना संक्रमण हुन नदिनको लागि हाथ धुने साबुन व्यवस्था गरिएको बताइएको छ । साथै हैैन्डमाईक को सहयोगले प्रत्येक टोल —टोलमा पुगि कोरोना भाईरसबाट बचनको लागि जनचेतना समेत फैलाएका छन । जनप्रतिनिधीहरुले गर्न नसकेको काम गाउँका युवाहरुले गरेका छन् । वडा कार्यलयले अहिले सम्म मासक उपलब्ध नगराएको दलित बस्ती का मानिसहरुले गुनासो गरेका थिए । आफनो गाउँमा लकडाउन पालन गराउन गाँउको बाटो नै बन्द गरेको बताए ।