रौतहट १९ चैत । रौतहट स्थित कोरोना भाईरस संक्रमणको आशंकामा क्वारेन्टाईनमा बस्ने संकास्पद बिरामीको संख्या दैनिक बढदैगएको छ ।
लकडाउन सुरुभए दखी नै भारत लगायत बिभिन्न स्थान बाट आउनेहरुलाई १६दिन सम्म क्वारेन्टाईनमा बस्नुुपर्ने मिलाईएको ब्यव्सथा अनुसार क्वारेन्टाईनमा बस्नेको संकास्पद बिरामीको संख्या बढदै गएको हो ।
हिजो सम्म क्वारेन्टाईनमा बस्ने संकास्पद बिरामीको संख्या १०६ रहेकोमा सोमा बृद्धीभएर आज १७१ पुगेको छ ।
जिल्लाको कटहरिया,मौलापुर,बौधीमाई,फतुवा बिजयपुर, गौर,ईशनाथ,राजपुर,चन्द्रपुर लगायतका स्थानमा रहेको १७ वटा क्वारेन्टाईनहरुमा बस्नेको संख्या १७१ पुुगेको रौतहट प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जनाएका छन ।
एकमहिना अघि भारतको गुुजरात बाट फर्केर घरमै बस्दैआएका कटहरिया ६फतेपुरका २१ बर्षिय बिनोद शहनीलाई हिजो प्रहरीको सहयोगमा कटहरिया स्थित क्वारेन्टाईनमा राखिएको थियो ।
शहनीलाई हिजै देखी १०४ डिग्री भन्दा बढी ज्वरो रहेकाले रौतहटका सिडिओ बाशुदेव घिमिरेको सलाह अनुसार आज नारायणी अस्पताल बिरगंजमा रेफर गरीएको कटहरिया क्वारेन्टाईनका हेल्थ असिष्टेन्ट हरिनारायण साहले बताएका छन ।
शहनीको रेफर पछी हाल कटहरिया स्थित जनता माबीको भवनमा सञ्चालित क्वारेन्टाईनमा २७ जना बिरामीको उपचार भईरहेको बताईएको छ ।
लामोसमय सम्म भारतमा काम गरेर फर्केकाहरुलाई १६दिन सम्म क्वारेन्टाईनमा बस्नुपर्ने अनिवार्य ब्यवस्था रहेको रौतहटका सिडिओ बाशुदेव घिमिरेले बताउदै आएका छन।
आग्रहलाई अटेर गरेर बाहरि बाट आई घरमै बसेको पाईएमा त्यस्ता मानिस माथी कार्यवाही समेत गरीने स्थानिय प्रशासनले चेतावनी समेत दिदै आएको छ । तर कटहरियाको बिभिन्न वडामा बाहरि बाट आएकाहरु चुपचाप घरमै बस्ने गरेका छन । छिमेकीले गरेको खबर अनुसार प्रहरी परिचालन गरेर बाहिर बाट आएकाहरुलाई प्रहरीले क्वारेन्टाईन सम्म पुरयाईरहेको देखिएको छ ।
उता रौतहट स्थित स्थानिय तहद्धारा सञ्चालित क्वारेन्टाईन सुरक्षार्थ नेपालीसेना परिचालन गरीएको छ ।
जिल्लाको १७ स्थानमा क्वारेन्टाईन सञ्चालनमा रहेपनी बिरामीको चाप रहेको ७ स्थानमा ७५ जना नेपालीसेना परिचालन गरीएको बराहदलगण गौरका प्रमुख कर्णेल सामन्तधव्ज खाँडले बताएका छन ।