संजय मिश्रा
रौतहट १९ चैत ।
विस्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाईरसको संक्रमण नियन्त्रण गर्न नेपाल सरकारले गरेको दोस्रोपटक लकडाउनको अवधिमा पनी रौतहटमा केही मौलवी मौलानाहरु मानविय संकट बाट असंबेदनसिल देखिएका छन ।
भारतको राजधानी दिल्लिमा केहीदिन अघि सम्पन्न भएको मुश्लिम धर्मावलम्बीहरुको एक कार्यक्रममा नेपाल लगायत दर्जनबढी देशका मानिस सहभागी भई हजारौंमा कोरोनाको जोखिम बढाएको घटना चर्चामै रहेको बेला रौतहटमा पनी धर्मप्रचारको नाउमा चलखेल सुुरु भएको छ ।
कोरोना भाईरस मानव बाट मानवमा सर्ने एकमात्र माध्यम भएकाले सबै नेपाली आआफनो घरमा बसेर कोरोना बिरुद्धको लडाईमा सहयोग गर्ने उदेस्यले नेपाल सरकारले दोस्रोपटक अगामी २५ गते राती १२ बजेसम्मको लागी लकडाउनको घोषणा गरेको छ ।
लकडाउन लाई थप प्रभापकारी बनाउन रौतहटका सिडिओ बाशुदेव घिमिरेले शान्तीसुरक्षा एन २०२८ लाई टेकेर अर्काे आदेश न आए सम्मको लागी जिल्लाभरीमा निशेधाज्ञा जारी गरेको छ ।
तर निशेधाज्ञालाई पनी बेवास्ता गर्दै मुश्लिम धर्मका केही मोलवी मौलानाहरु रौतहटको गाँउ गाँउमा निर्वाधरुपमा घुमिरहेका छन ।
बाहरि बाट आउने मौलवी मौलानाहरुलाई धर्मगुरुको नाउमा स्थानियहरुले मस्जिद मदर्शामा बसाउने गरेका छन ।
भारत लगायत बाहरि बाट आउने जो कोहीलाई पनी कोरोना भाईरस बाट जोगाउन अनिवार्यरुपमा क्वारेन्टाईनमा बस्नुपर्ने ब्यवस्था गरीएको छ ।
उक्त ब्यवस्था अनुसार गाँउ गाँउमा बाहिर बाट आउनेलाई प्रहरीले समातेर भएपनी क्वारेन्टाईनमा राखीरहेको छ ।
तर धर्मको प्रचार अथवा धार्मिक कार्यक्रमको बहानामा बाहिर बाहिर बाट आउने मोलवी मौलानालाई चुपचाप आफनो गाँउ घरमा राखेर केही मानिस सिंगो समाज,जिल्ला र देशलाई गद्धारी गरीरहेका छन ।
कटहरिया नगरपालिका वडा ४ हर्षाहा गाँउमा रहेको मस्जिदमा आज बिहान ११ बजे झोला झम्टी सहीत ७ जना मोलवी मौलानाहरु चुपचाप आएका थिए ।
धर्मका ठेकदार उनीहरु बाहिर मस्जिद सम्म आउँदा मस्जिदका मोलवी अथवा कसैले बिरोध गरेनन गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कटहरिया बाट गएकोटोलीले उनीहरुलाई समातेर ल्याएको थियो ।
प्रहरीलाई देखेर बाहिर बाट हर्षाहा आएका मोलवीहरु कोई खेतमा कोई खाट मुनी त कोई काँसघारीमा लुकेका थिए । स्थानिय युवाहरुको सहयोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
कटहरिया स्थित क्वारेन्टाईनमा प्रारम्भिक चेकजाँच पछी सातैजना मौलवीलाई उनीहरुको घर तर्फ बारा जिल्ला पठाईएको सई सुरेन्द्र सिंहले जानकारी दिएका छन ।
यस भन्दा केहीदिन अघिमात्रै देवाही गोनाही नगरपालिका अन्तरगत उचिडिह टोलमा रहेको मसिजदमा बिदेसी सहित झण्डै एकदर्जन मानिस आएर बसेका थिए ।
लकडाउनको अवधिमा बाहिर बाहिर बाट आउनेलाई मदर्साका मोलवी तथा अगुवाले बिरोध गर्नुको सटा सम्मान साथ राखेका थिए ।
पछी स्थानियको खबर अनुसार ईलाका प्रहरी कार्यालय देवाही गोनाही बाट प्रहरी निरिक्षक मेदनी साहको कमाण्डमा गएको टोलीले उनीहरुलाई भगाएको थियो ।
बिभिन्न जमातमा सहभागी हुन बाराको बिभिन्न स्थान बाट आएका २ जना मोलवीलाई सन्तपुर दोस्तिया चौक बाट प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाईनमा पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला विकास समितिका पुुर्व उपसभापती तथा समावसेवी रजिउदिन आलमले बर्तमान संकटको अवस्थामा धर्मको नाउमा मानविय संबेदना नबुुझने लाई कडा कार्यवाही हुनुुपर्ने बताएका छन ।
हाल निषेधाज्ञा अवधिमा बाहरि बाट आउने जो कोहीलाई पनी आफनो घर अथवा कुनै पनी धार्मिक संस्थामा राख्नुु नहुने आलमले जिकिर गरेका छन ।
कोभिड १९ अर्थात कोरोना भाईरस बाट अहिले संसारका महाशक्ती भनाउने अमेरिका देखी युरोप सम्मका सबैदेश अक्रान्त छ , हजारौंको ज्यान गईसकेको छ भने लाखौं मानिस संक्रमित रहेका छन ।
कोरोना भाईरस पुर्णरुपमा धर्मनिरपेक्ष रहेको छ यो भाईरसले हिन्दुु मुश्लिम,सिख,ईशाई कसैलाई छोडेको छैन सबैधर्म समुदायका मानिस कोराना बाट संक्रमित भएका छन ।
रौतहटमा केही धर्मबिषेशका मानिस हालसम्म किन संबेदनसिल नभएको चिन्ताको बिषय रहेको छ । एकजना बाट परिवारमा ,त्यस बाट गाँउ समाजमा सबैमा कोरोना संक्रमण फैलिने जोखिम रहेकाले मानव माथी बर्तमान संकटको अवस्थामा सबै धर्म सबै समुदाय एकभएर साथ दिनुपर्ने आवशयकता रहेको छ ।्