बसन्त लामा
चन्द्रपुर,१९ चैत ।

विस्वब्यापी रुपमा फैलीएको ( कोभिड १९ ) अर्थात कोरोना भाईरसको संक्रमण रोक्ने उदेश्यले सरकार ले गरिएको लक डाउन को सन्ध्यामा चंद्रपुर नगरपालिका को वडा नम्बर ३ स्थित ज्यला मजदुरी गरि जिविका चलाउदै आइरहेका केहि स्थानीय लाइ दैनिकी उपभोग्य बस्तु वितरण गरिएको छ ्र

चंद्रपुर नगरपालिका को वडा नम्बर ३ स्थित वडा कार्यालय को आयोजनामा लक डाउनको अबस्थामा ज्यालामा मजदुरी गरि जिबिका चलाउदै आइरहेका केहि स्थानीय लाइ दैनिकी उपभोग्य बस्तुमा समस्या पर्न गएको ले वितरण गरिएको हो ्र

ज्याला मजदुरी गरि जिविका चलाउदै आइरहेको असाहे र अतिविपन्न परिवार को नाम सङ्कलन गरि वडा नम्बर ३ गैडाटार लगायत सुत्ने खोला झुले खोला श्याल डाँडा वर डाँडा नलीकोट गैडाटार भोलनटार अरुण बस्ती को ४५० जना स्थानीय लाइ दैनिकी उपभोग्य बस्तु वितरण गरियकोछ ्र

लक डाउन समयमा काम गर्न नपाइ दैनिकी उपभोग्य खरिद गर्न समेत आर्थिक नभएका स्थानीयको घर घर पुगी त्यस्था व्यक्ति लाइ दैनिकी उपभोग्य बस्तु वितरण गरिदिन नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) को रौतहट जिल्ला को जिल्ला अध्यक्ष युवराज भट्टराई ( समिर ) ले केहि दिन पहिले आफ्ना कार्यकर्ता लाइ निर्देशन दिएको थियो ्र

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) को जिल्ला अध्यक्ष युवराज भट्टराई को निर्देशन पछी आज वडा अध्यक्ष लगायत राजनीतिक दल गैडाटारमा रहेको संघ सस्थाको व्यक्तिको उपस्थितिमा खाद्यान घर घरमा पुगी वितरण गरियकोछ ्र

वितरण गरियको खाद्यानमा ३ जनाको परिवार संख्या रहेको लाइ चामल २० किल्लो दाल २ किल्लो ५० ग्राम तेल १ लिटर नुन १ किल्लो साबुन २ वटा वितरण गरियको हो

त्यसरी नै ३ जना भन्दा परिवार संख्या बढी रहेको स्थानीय लाइ ३० किल्लो चामल दाल २ किल्लो ५० ग्राम तेल १ लिटर नुन १ किल्लो १ पाकेट साबुन २ वटा वितरण गरियको हो ्र

उपभोग्य बस्तु भने चंद्रपुर नगरपालिका को वडा कार्यालय ले उपलल्ध गरायको भनि स्थानीय निर्वा्चित वडा सदश्य सरस्वती खुलाल ले बताए ्र