चन्द्रपुर २४ चैत ।
रौतहटमा वन कर्मचारी र तस्कर समुह बिच दोहरो गोली हाना हान भएको छ । जिल्लाको गुुजरा नगरपालिका २ स्थित अन्जुमन सामुदायिक बनक्षेत्र भित्र सुरक्षाटोली र तस्कर समुह बिच आईतवार साँझ दोहरो गोली हाना हान भएको हो । भिडन्तको क्रममा सुरक्षाटोलीले ३ राउण्ड र तस्करले २ राउण्ड गोली प्रहार गरेको सेक्टर बन कार्यालय चोँचाका अधिकृत राजेश कुमार साहले बताएका छन । गोली हाना हानमा सुरक्षाटोली तर्फ कुनै क्षती नभएको र तस्कर समुह भागेकाले क्षती भए नभएको यकिन हुन नसकेको बताएका छन । तस्करले छोडेर भागेको एकथना भरुवा बन्दुक गस्तीटोलीले बरामद गरेको अधिकृत साहले जानकारी दिएका छन । अन्जुमन सामुदायिक बनक्षेत्र भित्र तस्कर समुहले आईतवार अपरान्ह एकराउण्ड गोली प्रहार गरेका थिए । गोलीको आवाज सुनेर अबैध चोरी सिकारीको आशंकामा चोँचा सेक्टर बन कार्यालयबाट खोज तलासमा गएको गस्तीटोलीसंग जम्काभेट भएको जिल्ला बन कार्यालय रौतहटका प्रमुख बिनोद कुमार सिंहले बताएका छन । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ नियन्त्रणको लागी सरकारले गरेको लकडाउनको अवधिमा रौतहट स्थित राष्ट्रिय तथा बिभिन्न सामुदायिक बनक्षेत्रमा चोरी तस्करी बढेको छ । लकडाउनको अवधिमा बन सुरक्षा गस्तीटोलीले करीव एकसय क्युुवि फिट अबैध सालको काठ सहीत तिनजना तस्करलाई नियन्त्रणमा लिएको डिविजन जिल्ला बन कार्यालय रौतहटले जनाएको छ ।