अशोक पहाडी
चन्द्रनिगाहपुर,२४ चैत । चन्द्रपुर नगरपालिकाले नगरका सबै वडामा छिटेको मच्छर मार्ने औषधी प्रभावकारी नभएको स्थानीयको भनाइ रहेको छ ।
नगरपालिकाले नगरका सबै वडामा मच्छर मार्ने औषधी छर्केको भएपनि त्यौ औषधीले मच्छर नमरेको स्थानीय बासिन्दा रबीराना मगरले जानकारी दिएका छन् । मगर मात्र नभएर नगरका अधिकांस बासिन्दाले नगरपालिकाले छरेको मच्छर मार्ने औषधीले एउटापनि मच्छर नमरेको गैडाटारका स्थानीय बासिन्दा तथा संचारकर्मी उपेन्द्र गोलेको भनाइ रहेको छ । लकडाउनको बेलामा कोरोनाको डरबाट त्रसित रहेका नगरबासीलाई मच्छरबाट बचाउन चन्द्रपुर नगरपालिकाले छरेको मच्छर मार्ने औषधी बालुवामा पानी हाले बराबर भएको चन्द्रनिगाहपुर स्थानीय बासिन्दा तथा समाजसेवी बिनोद घिमिरेको भनाइ रहेको छ । चन्द्रपुर नगरपालिकाले लाखौ रकम खर्च गरेर नगरका १० वडामा छरेको औषधीले नगरको पौसा मात्र खर्च भएको तर मच्छर भने नमरेको स्थानीय बासिन्दा राजेन्द्र तिवारीले जानकारी दिएकाछन् ।