अशोक पहाडी
चन्द्रपुर,२४ चैत ।
पुर्व पश्चिम राजमार्गको पथलैया देखी रौतहटको बागमती सम्म राजमार्गमा दिउसोको समयमा देखा पर्ने बाँदर यतीबेला देखा पर्न छाडेकाछन् ।
लकडाउनका कारण बाँदर जंगलबाट सडकमा ननिस्केको अनुमान गरिएको छ । लकडाउनका कारण राजमार्गमा सवारी आवागमन ठप्प भएसंगै बांदर समेत राजमार्गमा देखा पर्न छाडेको पौराइका स्थानीय बासिन्दा लक्ष्मण न्यौपानेले जानकारी दिएका छन् । राजमार्गमा देखापर्ने बांदरका लागि राजमार्गमा यात्रागर्ने यात्रुले दिने खानेकुराका लागि उनीहरु दिनभरी राजमार्गको छेउछाउमा बस्ने गरेकोमा लकडाउनसंगै बांदर समेत देखा पर्न छाडेको न्यौपानेको भनाइ रहेको छ ।
लकडाउनको १४ दिन सम्म चन्द्रनिगाहपुर बागमती सडक खण्डमा एक दुइ बादर मात्र देखा पर्ने गरेको स्थानीयले बताए । अरु बेला यो राजमार्गमा खानेकुराको आशमा हुलका हुल बादर राजमार्ग देउमा बस्ने गरेका थिय । बढदो वन विनासका कारण जंगलमा खानेकुराको अभाव हुन थालेपछि बादर आहाराको लागि राजमार्ग केन्द्रीत भएको एक वन कर्मचारीले बताए ।