आरके श्रीवास्तव २९ चैत्र ।
रौतहटको मौपलापुर नगरपालिका वडा न ९ का वडाअध्यक्ष रामलाल साहले आफ्नो वडाका ज्यालाादारी गरेर खाने गरिब विपन्न परिवारलाई राहत वितरण कार्य सुरु गरेको छ ।
कोरोना भाइरस रोकथामका लागी सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने गरिब विपन्न परिवारको दैनिकी कष्टकर बनेपछि वडाध्यक्ष साहले कुल १२० परिवार लाइ प्रति परिवार चामल २५ किलो,दाल २ किलो का दरले वितरण गर्नु भएको हो । यस अवसरमा कांग्रसका जवाहीर यादव,बिनोद साह,मनोज साह,रामप्रवेश साह,राजेन्द्र साह,रतनेश श्रीवास्तव सहितका व्यतीहरुको उपस्थिती रहेको वडा का प्राविधिक सहायक रुपेश श्रीवास्तवले जानकारी गराएका हुन् ।