चन्द्रपुर २९ चैत्र ।
विश्वभरी फैलिंदै गएको कोरोना भाइरस रोकथामका लागी सरकारले गत चैत्र ११ गते देखि लकडाउनको घोषणा गरेको छ । सो लकडाउन रौतहटको सहरी क्षेत्रमा मात्र लागुभएको देखिएको छ । रौतहटको १८ वटै स्थानिय तहको ग्रामीण भेगमा लकडाउन पाल्ना हुन सकेको छैन् । जिल्लाको ग्रामीण भेगका नागरिकहरुले विभिन्न चौक, चौतारी तथा पसलमा जमघट भएर बसिरहेको पाइन्छ । लकडाउनकै अवधिमा रौतहटको ग्रामीण भेगमा बैशाख १ गते नयाँ साल मनाउन तिब्र तयारी चलिरहेको पाईएको छ । तेतिमात्र नभइ रौतहटको ग्रामीण भेगमा भोज भात समेत रोकिएको छैन् । यता गाउँ घरमा बैशाख मसानतमा हुने बिवाहको समेत तिब्र तयारी चलिरहेको पाइएको छ ।